घोराही, ९ असोज
जिल्ला प्रशासन कार्यालय दाङले दशै बिदामा पनि अत्यावश्यक नियमीत सेवा प्रवाह गर्ने गरी कार्यालय खुल्ला राख्ने भएको छ ।
दशैमा घर आएका सेवाग्र्राहीहरुलाइ लक्षीत गरी जिल्ला प्रशासन कार्यालयले नागरीकता सिफारिस, पासपोर्टको र्फम दिने , वुझने, सिफारिसहरु दिने दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।
दशैको टिकाको दिन असोज १४ गतेबाहेक अन्य दिन सेवा दिने प्रशाससनले जनाएको छ ।