Home / समाचार / चुनाव बिथोल्ने आन्दोलन घोषणा गर्दै राजपा

चुनाव बिथोल्ने आन्दोलन घोषणा गर्दै राजपा

२८ जेठ, काठमाडौं । सरकारसँगको वार्ता असफल भएपछि राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु आन्दोलन घोषणाको तयारीमा जुटेका छन् । तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा नेताहरु नयाँ रणनीति बनाउन छलफलमा जुटेका हुन् ।

आजै दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने महासचिव केशव झाले जानकारी दिए । उनले भने, ‘हामी छलफलमै छौं । चुनाव आम हड्तालसहितको आन्दोलन घोषणा गछौर्ं ।’

त्यसअघि आइतबार विहान सत्तारुढ दल र राजपा नेताहरुबीच भएको वार्ता असफल भएको थियो ।

राजपाले असार १४ को चुनाव सार्न माग गरेको थियो । सबै प्रदेशको चुनाव सार्न नसकिए २ नम्बर प्रदेशको मात्रै भए पनि चुनाव सार्नुपर्ने राजपाको माग छ । तर, सत्तारुढ दलहरुले यो माग अस्वीकार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*