घोराही,७ पुस
नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पुसको अन्त्यसम्म नयाँ सरकार बन्ने बताएका छन । प्रेस चौतरी नेपाल र प्रेस सेन्टर नेपाल दाङ शाखाले शुक्रवार सयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महराले अवको तीन हप्ताभित्र नयाँ सरकार बन्ने बताएका हुन । सरकार गठनका लागि लागि प्रतिनिधिसभा सदस्य भए पुग्ने भएकोले सरकार कुनै समस्या नरहेको बताएका थिए ।
अहिले दलहरुका विचमा देखिएको समस्या समाधान गर्दै निर्वाचन आयोगले समानुपातिक सिट घोषणापछि नयाँ सरकार गठन प्रक्रिया शुरु हुने बताएका थिए । त्यसका लागि आयोगले समानुपातिक सिट घोषणाको अन्तिम तयारीमा लागेकाले अवको तीन हप्ताभित्रै सरकार बन्ने बताएका हुन । ‘नयाँ सरकार बन्नका लागि प्रतिनिधिसभा सदस्य भए पुग्छ छ,’नेता महराले भने–‘त्यसैले कुनै राजनीतिक चलखेल नभए अबको तीह हप्ताभित्र नयाँ सरकार बन्छ ।’ त्यस्तै उनले राष्ट्रियसभा नभई नयाँ सरकार बन्दै भन्ने पनि लजिक रहेको भन्दै उनले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा भए पुग्ने बताएका हुन ।
राष्ट्रियसभा गठनका लागि एकल संक्रमणलिकान व्यवस्था हुने कि बहुमतिय व्यवस्था हुने भन्नेमा अध्यादेश रारी गर्न दलहरुका दलहरुका विचमा अहिले विवाद रहेको भन्दै उनले उक्त विवाद समधानका लागि राष्ट्रिय दल मान्यता पाएका पाँच दहरुवाटै टुङगो लगाउनुपर्ने बताए । त्यसका लागि प्रधानमन्त्रीले पाँच दलहरुलाई छलफलमा बोलाई सकेकोले छिट्टै उक्त समस्या पनि समाधान हुने बताएका थिए ।
त्यस्तै उनले पत्रकार सम्मेलनमा पाँच नं. प्रदेशको राजधानी दाङमै हुने बताए । दाङ भौगोलिक सुगमता र सुरक्षाका दृष्टिले उपयुक्त ठाउँ रहेको र जनमत समेत बन्दै गएकाले दाङ राजधानीको विकल्प नरहेको बताएका हुन । ‘दाङ प्रादेशिक राजधानीका लागि आफुले केन्द्रमा प्रधानमन्त्रीदेखि सवै दलहरुका सिर्ष नेतृत्वसँग भेटेर तथा फोनमा कुरा गर्दा सकारात्मक भएकाले राजनीतिक सहमतिका आधारमा दाङ नै राजधानी घोषणा हुन्छ ।’ महराले भने । पत्रकार सम्मेलन प्रेस सेन्टर दाङका अध्यक्ष डिल्ली मल्लको अध्यक्षतामा भएको थियो ।