Home / Feature Breaking news / दाङमा थप पाँच जनाा कोरोना संक्रमित, कुल संख्या ५६

दाङमा थप पाँच जनाा कोरोना संक्रमित, कुल संख्या ५६

दाङ, २१ जेठ ।

दाङमा बुधवार ५ जना कोरोना संक्रमित थपिएका छन । बंगलाचुली गाउँपालिका र राजपुर गाउँपालिकाका ५ जनामा कोरोना संक्रमित थपिएका हुन ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको स्वाब परिक्षणबाट बंगलाचुली गाउँपालिका– ७ र ६ का दुई जनामा कोरोना संक्रमण भएको पुष्टि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । उनीहरु १७ वर्ष र २२ वर्षका पुरुषहरु रहेका छन । उनीहरु सरस्वती मावि जवरकोट र सुधामावि झेलनेटा क्वारेनटाइनमा बसेकाहरु हुन ।
त्यसै गरेर राजपुर गाउँपालिकाका– ५ र १ का तीन जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । वडा नं ५ का १९ वर्षीया एक महिला र वडा नं १ का १९ वर्षीय महिला र २७ वर्षिय महिलामा कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायम मुकाय रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन ।
उनीहरु तीनैजना राजपुर गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बस्दै आएका छन् । बुधवार कोरोना पुष्टि हुनेमा ३ जना महिला र २ जना पुरुष रहेका छन । बुधबार कोरोना संक्रमित पाँचसहित दाङमा कोरोना संक्रमितहरुको सख्या ५६ पुगेको छ ।
त्यसै गरेर प्युठान जिल्लाका दुईजनामा कोरोना संक्रमण देखिएको छ ।

बंगलाचुली गाउँपालिकाको क्वारेन्टाइनमा बसेका दुई जनामा कोरोना संक्रमण देखिएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा प्युठानका दुई जनामा कोरोना संक्रमण देखिएको हो । प्युठानको माण्डबी गाउँपालिका–१का १२ वर्षीय र २ का २० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । त्यसै गरि सल्यानको कपुरकोट गाउँपालिका–६ निवासी २९ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*