Home / Feature Breaking news / तुलसीपुरलाई शैक्षिक हव बनाउछु–पाण्डे

तुलसीपुरलाई शैक्षिक हव बनाउछु–पाण्डे

बिमल गौतम
तुलसीपुर, ५ साउन
तुलसीपुर उपमहानगर पालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहानगर पालिकालाई शैक्षिक हव बनाउने बताउनुभएको छ । एन प्याब्सन दाङले आयोजना गरेको स्वागत एव सम्मान कार्यक्रममा बोल्दै पाण्डेले तुलसीपुरलाई देश कै नमुनायोग्य शैक्षिक गन्तब्य बनाउने बताउनु भयो । उहाँले तुलसीपुर उपमहानगर पालिकालाई नमुना बनाउनका लागी सवै क्षेत्र नमुना योग्य हुनु पर्ने भन्दै शैक्षिक क्षेत्रमा समेत नमुना योग्य बनाउने बताउनु भयो । साथै पाण्डेले तुलसीपुरमा पढाई नभएका बिषयहरुको अध्यणका लागी तत्काल पहल गर्ने समेत बताउनु भयो । निकट भविष्यमै ईन्जिीनियरिङ, वन बिज्ञान, कृषी लगायतका बिषयहरु अध्ययनका लागि पहल गरिने बताउनु भयो ।

20155713_1400224326681512_5218236205383443328_n

सो अवसरमा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सोधेको प्रश्नको जवाफ दिदै प्रमुख पाण्डेले निजी तथा सामुदायीक बिद्यालयका विचमा रहेको विभेद कम गर्न आफु लागि पर्ने बताउनु भयो । उहाँले निजी बिद्यालयमा पढेकै भरमा छात्रवृति नपाउने अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
एन प्याव्सन दाङका अध्यक्ष भिमबहादुर वुढाथोकीको अध्यक्षता, मेयर पाण्डेको प्रमुख आतिथ्यता तथा एन प्याव्सन दाङका अध्यक्ष सुवोध कुमार डाँगीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा तुलसीपुर उपमहानगर सहित पश्चिम दाङका गाउँ पालिकाका प्रमुख तथा उपप्रमुखहरु लाई सम्मान गरिएको थियो ।

सो अवसरमा बोल्दै शान्तिनगर गाउ पाकिलाका अध्यक्ष कमानसिंह डाँगीले शैक्षिक बिकासका लागि निति बनाएर अगाढि वढने बताउनु भयो । उहाँले देश कै शैक्षिक सुधारका लागी निजी बिद्यालयहरुले खेलेको भुमिकाको प्रशंसा गर्दै सवैको सहयोगमा शैक्षिक निती बनएर अगाडि वढने बताउनु भयो । कार्यक्रममा बबई गाउँ पालिकाका उपाध्यक्ष सावित्रा बिक, दगींशरण गाउ पालिकाका उपाध्यक्ष पिमा खडका, तुलसीपुर उप–महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष टोप बहादुर केसी लगाएतकाले बोल्नु भएको थियो । सो अवसरमा एन प्याव्सनमा आवद्ध बिद्यालयका शेयर सदस्यहरु स्थानिय निकायमा जनप्रतिनिधिको रुपमा निर्वाचित भएको हुदा उहाँहरु लाई समेत सम्मान गरिएको थियो ।

20155992_1400224543348157_16050570510571296_n

कार्यक्रममा एस ई ई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने एन प्याव्सनमा आवद्ध बिद्यालय श्रीगाउँ लाईफ भिजन स्कुल श्रीगाउँका हुकुम पोख्रेल र बाल सहारा स्कुल बनहरीका सुजाता वलीलाई नगद सहित सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरुलाई समेत सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण एन प्याव्सन दाङका सचिव ठाकुर डागिले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*