घोराही, ६ साउन
घोराही उपमहाँनगरपालिका चार सवारीकोटमा रहेको एक सामुदायीक संस्थालाई आयआर्जनका लागि भन्दै अनुदान रकम प्रदान गरिएको छ । गरिवी निवारण कोषको आर्थिक सहयोग तथा जनउत्थान समाज विकास केन्द्र दाङद्धारा सञ्चालित गरिवी निवारण कार्यक्रम अन्तरगत नयाँ सिर्जना सामुदायीक संस्थालाई तीन लाख ५३ हजार चार सय प्रदान गरिएको कार्यक्रमका लेखा सुपरभाईजर राजेन्द्र दाहालले जानकारी दिनुभयो । नयाँ सिर्जना सामुदायीक संस्थाका अध्यक्ष टोप बहादुर घर्तीको अध्यक्षतामामा भएको कार्यक्रममा घोराही उपमहाँनगरपालिका वडा नम्बर चारका अध्यक्ष भिम बाहदुर सार्की, सामाजिक परिचालक जुद्ध बहादुर केसी, वडा सदस्य रामजी चौधरी लगाएतकाले आफ्ना भनाई राख्नुभएको थियो । मङ्गल घर्तीको स्वागत तथा लेखा सुपरभाईजर राजेन्द्र दाहालले प्रकाश पार्नुभएको कार्यक्रमको सञ्चालन धर्म बहादुर पुनले गर्नुभएको थियो ।।
