Home / Feature Breaking news / दाङमा ८ सय ८१ नयाँ उद्योग

दाङमा ८ सय ८१ नयाँ उद्योग

बिमला घर्ती
घोराही, ६ साउन
घरेलु तथा साना उद्योग कार्यालय दाङमा आठ सय ८१ उद्योग दर्ता भएका छन् । गत आर्थिक बर्ष २०७३÷०७४को साउन महिना देखि असार मसान्त सम्मको विवरण अनुसार उक्त संख्यामा उद्योग दर्ता भएको हो । घरेलु उद्योगहरुमा उत्पादनमूलक तर्फ एक सय ६९, सेवामूलक तर्फ दुई सय ५३, पर्यटन उद्योग सम्बन्धी ९६, कृषीमूलक तथा वन्यजन्तु तर्फ तीन सय ६३ गरी आठ सय ८१ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत उमबहादुर वलीले जानकारी दिनुभएको छ ।
उत्पादनमुलक तर्फ ग्रिल उद्योग २९ वटा, फर्निचर उद्योग स्टिल ४६ वटा, आयुर्वेदिक दुई, कपास सिरक डसना नौ, कापी उद्योग छ, कंक्रीट उद्योग तीन, सर्फ उद्योग दुई, तारजाली उद्योग छ, चाउमिन÷सस उद्योग आठ, सुन चाँदीका गहना छ, क्रसर उद्योग तीन, डेरी उद्योग नौ, पाउरोटी उद्योग चार, मसला उद्योग दुई, पानी उद्योग तीन, इटा उद्योग पाँच, मिल दुई, अल्लो धागो उद्योग तीन, होजियारी उद्योग दुई, खाद्य उद्योग तीन वटा दर्ता भएका छन् ।

बोरा उद्योग, जुत्ता उद्योग, फ्रेम हाउस, स्विटर उद्योग, अण्डा राख्ने टे« उद्योग, पेट बोटल उद्योग, साबुन तथा केमिकल उद्योग, प्लाष्टिक डोरी उद्योग, आल्मुनियम भाडा उद्योग, सिमेन्ट सामान जन्य उद्योग, मासु प्रशोधन, तयारी पोशाक, सेन्ट उद्योग, दाना उद्योग, फाइवर झोला, दुना टपरी उद्योग एक–एक वटा गरी एक सय ६९ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योगको कार्यालयले जनाएको छ ।

सेवामुलक तर्फ ढुवानी सेवाका ४८ वटा, बालुवा प्रशोधन १५, प्रशिक्षण केन्द्र १३ वटा, टेन्ट हाउस तीन, टायर रिसोलिङ दुई, मर्मत उद्योग २३, गाडी धुलाई तीन, व्युटीपार्लर सात, कटाई सिलाई ४३, फ्रेस हाउस १२, प्रेस छापाखाना सात, इन्जिनियरिङ कन्सल्टेन्सी छ, श्रमिक केन्द्र एक, साईवर तथा फोटोकपी दुई, मिल ३४, गेम खेलाउने उद्योग एक, कलर ल्याव एक, फोटो स्टुडियो दुई, निर्माण सेवा नौ, पाईप फिटीङ एक, स्वास्थ्य सम्बन्धी १५, होस्टेल एक, कपडा धुने उद्योग एक, वुटिक उद्योग तीनवटा गरी दुई सय ५३ उद्योग दर्ता भएको अधिकृत वलीले जानकारी दिनुभएको छ ।

कृषि तथा वन जन्य तर्फ पोल्टि फर्म एक सय ७०, गाई तथा भैसीपालन फर्म ५२, बंगुरपालन १७, बाख्रा पालन ३८, मौरी पालन १७, बहुउद्देश्यीय कृषि ५९, माछापालन १० गरी तीन सय ६३ उद्योग दर्ता भएका छन् । पर्यटन तर्फ होटेल तथा रेष्टुरेन्ट ९६ वटा दर्ता भएको उद्योग अधिकृत वलीले जानकारी दिनुभयो । उद्योग दर्ता वाट २०७३÷०७३ मा ५१ लाख ६० हजार नौ सय राजस्व संकलन भएको घरेलु तथा साना उद्योग कार्यालयले जानकारी दिएको छ । ‘देशमा लगानीमैत्री वातावरण बन्दै गएकाले साना तथा घरेलु उद्योग दर्ता हुने क्रम बढेको हो’ अधिकृत वलीले भन्नुभयो ।

संविधान निर्माणसँगै देशमा लगानीको वातावरण बनेको र उद्योग दर्ता गर्ने क्रम बढेको उहाँको छ । सरकारले रु १० करोडभन्दा कम लगानी भएका उद्योगलाई साना तथा घरेलु उद्योगका रुपमा वर्गिकरण गरेको छ । उक्त उद्योग साना तथा घरेलु उद्योग विभाग र समिति अन्तर्गतका जिल्ला कार्यालयबाट दर्ता हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*