घोराही, ८ पुस
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ दाङले मतदाता नामावलीमा नाम समावेश गर्नकालागी सम्पूर्णमा अनुरोध गरेको छ । क्षेत्रिय समितिको आज बसेको बैठकले मतदान गर्ने अधिकारबाट कोही पनि बञ्चीत नहुनकालागी मतदाता नामावलीमा नाम दर्ता गर्न सम्पूर्ण जिल्लाबासीमा अनुरोध गरेको हो । विभिन्न कारणले मतदाता नामावलीमा नाम समावेश गर्न छुटेका व्यक्तीहरुलाई मतदाता नामावलीमा नाम समावेश गर्न अनुरोध गर्दै यसकालागी सहजिकरण गर्नकालागी नेपाली कांग्रेसको उपमहानगरपालिका, गाँउपालिका, वडा एवं टोल विकास समितिलाई निर्देशन गरेको छ ।
क्षेत्रीय सभापति भिमप्रकाश खड्काको अध्यक्षतामा बसेको बैठकले नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सफल बनाउनकालागी लागिपर्ने सम्पूर्ण नेता कार्यकर्ता एवं निर्वाचन समितिलाई धन्यवाद सहित केन्द्रीय समिति एवं प्रदेश समितिका विभिन्न पदमा निर्वाचित सम्पूर्णलाई बधाई ज्ञापन गरेको छ । बैठकले क्षेत्रीय समितिको सल्लाहकारमा निवर्तमान सभापति भुपबहादुर डाँगीलाई चयन गरेको छ भने वडा समितिहरुलाई कांग्रेसको टोल समिति गठन गर्न निर्देशन दिएको छ । यस्तै बैठकले पार्टि सञ्चालन गर्न विभिन्न तहमा बिधान अनुसार कार्यसमितिले लेबी उठाउने र पार्टिको साधारण सदस्यता सबै तहमा सहज तरिकाले वितरण गर्ने निर्णय गरेको छ ।