Home / Feature Breaking news / नेपाली माटोमा पाइला टेक्दा …….

नेपाली माटोमा पाइला टेक्दा …….

लिलाधर वली
दाङ,२८ असार । बुबा बिर्टिस आर्मी भएकाले हाम्रो परिवार विदेशमा थियो । बुबा आर्मी भएकाले बुबाको पल्टन कहिले मलेसिया,कहिले सिंगापुरलगाएतका विभिन्न देशहरुमा घुमिरहने । त्यही क्रममा म २००९ सालमा मलेसियामा जन्मीए । करिव मेरो बाल्यकालमलेसिया र सिंगापुरमै बित्यो । त्यहीक्रममा मैले मलेसियाको किंङ जर्ज फिट्थ स्कुलमा प्राइमरी लेवलको कक्षा पुरा गरे ।

त्यसपछि ८ र ९ सिंगापुरमा रहेको बिर्टिस आर्मीको स्कुल नेगेरिसेम्वीलानमा अध्ययन गरे । त्यसक्रममा मैले बुबाआमासँगै विद्यालयमा अध्ययन गर्दा नेपालको बारेमा सुनेको थिए । नेपाल विश्वकै अग्लो सगरमाथा भएको देश,नेपाल बिरगोर्खाहरुको देश, नेपालगौतम बुद्ध जन्मीएको देशलगाएतका विभिन्न नामले नेपाल चिनिने सुन्ने गरेको थिए । २०२७ सालतिर जस्तो लाग्छ बुबा जागिरवाट रिटायर हुनुभयो । त्यसपछि हाम्रो परिवार नेपाल आउनुपर्ने भयो ।
त्यसक्रममा बुबाले मलाई ‘यहि बसेर आर्मीमाभर्ति हुन्छस कि नेपालगएर जागिर खान्छन भनेर सोध्नुभयो रु’ त्यस अघिका दिनहरुमा बुबाले आर्मीमाजागिर खानुभन्दा नेपालगएर जागिर खानुपर्छ भनेर पहिले भन्नुहुन्थ्यो त्यो सम्झे र नेपाल आउने मनको उत्सुक्ताका भएकाले पनि मैले आर्मीमाभर्ति हुनुभन्दा नेपाल जान्छु भने । अनि परिवारसँग नेपाल आए । नेपालको माटोमा पहिलो पाइला राख्नपाउदा त्यस क्षण ममा खुशीको महसुश भएको थियो । त्यस क्षणलाई मैले जीवनमा महत्वपुर्ण अविस्मरणीय क्षणका रुपमालिने गरेको छु । यो खुशी हो घोराहीउपमहानगरपालिका वडा नं। १८ निवासी बिष्णु पुनको ।

जागिरका क्रममा बुबा–आमाले हाम्रो देश नेपालसँगै दाङ जिल्लाको बारेमा बताउनु हुन्थ्यो तर मलाई नेपाल सिंगापुर मलेसिया जस्तै होला भन्ने मनमा लाग्थ्यो । तर नेपाल आएपछि थाहा भयो कि नेपाल विकासमा मलेसिया,सिंगापुर देशभन्दा धेरै पछाडी रहेछ । दाङ आईसकेपछि तँ सुरुका कति दिन तँ किन आएछु नेपाल, उतै बसेको भएकति रमाइलो हुन्थ्यो झै भयो । तर यहाँको बातावरणमा विस्तारै घुलमिल हुदै गए । साथीहरु बनाए । र,घोराहीकै पद्मोदय पव्लीक माध्यमीक विद्यालयका कक्षा १० मा भर्ना भए ।

नयाँ ठाउँमा नयाँ साथीहरुसँग पढे । विदेश पढई र यहाँको पढाई धेरै फरक थियो । दुई वटा सेक्सन गरेर ६० ÷७० जना विद्यार्थीहरु थियौ झै लाग्छ । उति बेला १० कक्षालाई आइरण गेटका रुपमा लिइन्थ्यो । थोरै विद्यार्थीहरु मात्रपास हुन्थे एसएलसीमा । त्यो बेला म पनिपास भएको थिए । आइरण गेटका रुपमा रहेको एसएलसीपास गर्दा खुशी भएको थिए,त्यो क्षण पनि मेरो जीवनको अर्को खुशीका क्षणका रुपमा छ ।
म नेपाल आउदा १६ बर्षको थिए ।

bisnu

नेपालआएको केहीमहिनामा म विरामी परे । चेक गराउदा टिभी भएको रहेछ । साहेद टिभी नभएको भए म पुनआर्मी मै जान्र्थे होला । उत्ता नभएको भए नेपालमै पनि सरकारी जागीर खान्थे होला । तर टिभीको विरामीका कारण म टाढा जान नसक्ने भए । त्यती बेला नेपाल सरकारी क्षेत्रमा भरपर्दो उपचार थिएन । त्यहीक्रममा नेपालमा आइएनएफ भन्ने सस्था थियो । सस्थाले टिभी,कुष्ठरोगलगाएतका क्षेत्रमाकामगर्ने गथ्र्यो । आफु विरामी भएकाले म त्यो सस्थाको सम्पर्कमा गए । आफनो उपचार हुने आशामा गएको जागिर पनि सुरु गरे । पूर्ण रुपमानिको तँभएन तर कडा आक्रमण रोकियो । म हिडडुल गर्न सक्ने भए ।

त्यसपछि पढ्दै जागीर पनि सुरु गरे । त्यही समयमा आइएनएफ दाङले राप्तीमा कुष्ढरोगको सर्वेक्षण गरेको थियो । त्यसक्रममा म राप्तीका दाङसहित सल्यान, रुकुम, रोल्पा र प्युठानका विभिन्न ठाउँहरुमा पुग्ने अवसर पाए । कुष्ठरोगीहरुलाई समाजले छुनुहुदैन भन्ने समयमा कुष्ठरोगीहरुको उपचारमा काम गरे । करिव १हजारमा २ जना कुष्ठरोगीहरु भेटिने गर्थे उनीहरुको उपचार गथ्र्यो । सरकार डाक्टरहरु समेत कुष्ठरोगीहरुलाई छुन हिचकिचाउने समयमा हामीहरुले उनीहरुको उपचारसँगै बाच्नका लागि विभिन्न सिप सिकायौ र समाजमा पुनस्थापना गर्ने काम ग¥यौँ ।
त्यसरी विचारीहरुको उपचार गर्दा विरामीहरुले ठुलो गुण मान्ने । विरामीहरु निको भएर घरफर्किएको बषौसम्मपनिमलाई भेट्न आउनुहुन्थ्यो । त्यस बखतउहाँहरुको लागि धेरै ठुलो पुण्य गरेछु झै लाथ्यो, मन खुशीहुन्थ्यो । नेपालमा बसेर कुष्ठरोगकाविरामीहरुको सेवागर्दाको त्यो क्षण जीवनमा कहिले भुल्न सक्दैन ।


उनको विवाहमा पनि रमाइलै भयो । उनि भन्छन,‘ बाजेले सानैमा केटी हेर्नृुभएको रहेछ प्यठानमा, घरमाबहिनीवितेपछि आमालाई काममा सघाउनकालागि मलाई विवाहगर्न कर गर्नुभयो । केटी देखाउनलग्नुभयो । मलाई केटी मन परिन तर बाजे र बुबाले त्यै केटीलाई विवाहगर्नुपर्छ भनेर अडान लिनुभयो,त्यसपछि आफुले मन नपराएको केटीसँग विवाह गरे ।’ उतिबेलाबुबा र बाजेको इज्जतको लागिबिमलापुनसँगविवाह गरे,तर विस्तारैमलाई उनी मन पर्दै गयो । उनको कामर सहयोगले मलाई उनीप्रतिकहिले गुनासो गर्ने ठाउँ भएन ।

आइएनएफमा काम गर्दा धेरै कुरा सिक्ने अवसर पनि प्राप्तभयो । आइएनएफवाटै कुष्ठरोग नियन्त्रण अधिकृतको तालिम लिन एक बर्षका लागि भारतको तालिमनाडु गए । त्यो तालिम लिएपनि नेपाल सरकारले हामीहरुलाई सरकारी कर्मचारीका रुपमालिने हल्ला पनि थियो त्यो समयमा । तर त्यही बेला नेकपा एमालेका सरकार बन्यो । उक्त सरकारले सरकार सेवाका लागि ३५ बर्ष उमेर निर्धारण ग¥यो म भने ३६ बर्ष पुगेको थिए । त्यसपछि मेरो सरकारी जागिर खाने चाहनाको पनि अन्त्य भयो ।

त्यसपछि पुन आइएफएन कै सहयोगमा कैलालीको टिकापुर सिएमए कम्याम्पसवाट २०५६÷०५७ सालतिर सिएमए कोर्ष पुरा गरे र, आइएनएफमै काम गरे । त्यसपछि सामाजिक कार्यमा संक्रिय भए । विगत केही बर्षदेखि सामुदायीक प्रहरी सेवा केन्द्र दाङको अध्यक्षका रुपमा लागुऔषध दुव्यर्सनीको कार्यमा उनि सक्रिय छन । धेरै युवाहरु लागुऔषध दुव्र्यसनीमा लागिरहेको अवस्थामा सचेतनामुलककार्य गर्ने सस्थाको अध्यक्षमा बसेर कामगर्न पाउनुलाई अवसरका रुप्मा लिएको उनी बताउछन । बुबा मैते पुन र आमाबिमलापुनका जेष्ठ सुपुत्रका रुपमाजन्मीएका बिष्णु पुन २०२८ सालमा बैवाहिकजीवनमाबाधिएकाथिए । पुनकातीन छोरा र एक छोरी रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*