Home / Feature Breaking news / लघु बित्तले फेरिदै जीवन

लघु बित्तले फेरिदै जीवन

पार्वती बस्नेत

दाङ २८ असार । सरकारी जागिरे अर्थात नेपाली सेनामा कार्यरत श्रीमान् खान लाउन समस्या थिएन’ तर मनले मानेन र व्यापार शुरु गरे’ यो भनाई हो तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ प्रगतिशिल टोल निबासी गोमा कुमारी घर्तीको । उनको २०६३ सालमा कास्की पोखरा निबासी जगबहादुर श्रेष्ठ सँग प्रेमबिवाह भएको हो ।

छोराछोरी बिद्यालय जान थालेपछि घर्तिलाई झनै दिनको समय पट्यार लाग्न थाल्यो त्यसपछि घर्तिले सानै भएपनि ब्यावसाय गर्दा ठिक हुन्छ र पारिवरिक समृद्धि पनि हुने उद्धेष्यले चिया पसल ब्यावसायको शुरुवात गरिन । पसल खोल्नलाई पैशाा आवश्यक थियो , त्यसको सहयात्री बनिदियो ग्रामीण महिला उत्थान केन्द्रद्धारा संञ्चालीत गरिएको लघुबित्त कार्यक्रम । त्यो लघुबित्त कार्यक्रम अन्र्तगत घर्तिले पहिलो पटक १०हजार रुपैया मात्र ऋण प्राप्त गरिन ।laaa

१० हजार बाट शुरु गरेको चिया पसलले अहिले मासिक रुपमा ४०हजार आम्दानि गर्ने गरेको घर्तिले बताइन । त्यत्तिमात्र होईन् घर्तिले चिया पसल ब्यावसाय सँगै अहिले २वटा मोटर,४वटा जेनेरेटर पनि भाडामा दिने गरेको बताइन । भाडामा दिईने सामान बाट पनि घर्तिलाई मासिक ३०हजारसम्मको आम्दानी हुने गरेको छ । ८कक्षा सम्म मात्र पास गरेकी घर्तिलाई समुहले शुरुमा १०हजार रकम उपलब्ध गराएको थियो भने अहिले घर्तिलाई ग्रामीण महिला उत्थान केन्द्रले ९लाख सम्मको ऋण दिनपनि सहजै पत्ताउने गरेको अनुभव घर्तिको छ । श्रीमान्को कमाईमा सहयात्री बनेर नै अहिले तुलसीपुरमा १०कोठाको भवन निर्माण गर्न सफल भएको बताइन ।

आफुमा लगनशिलता मिहेनत र ईमान्दारीता हुने हो भने आफनै ठाँउमा बसेर पनि काम गर्न सकिने उनको भनाइ छ । आजभोली जागिरे बाट रिटायर्ड भएका श्रीमानको साथ र सहयोगले नै अझ होटलको काममा सहयोग पुग्ने गरेको बताइन । श्रीमान्को अटो ब्यवसायलाई पनि निरन्तरता दिदै अरुलाई रोजगारी दिने सम्मको काम गर्ने आफुहरुको भावियोजना रहेको घर्तिले भनाइ छ । घर्तिका १छोरा र एक छोरी छन् ।

त्यसैगरेर घर्तिजस्तै सफल महिला ब्यावसायी बन्ने सपना बुनेकी घोराही उपमहानगरपालिका वडा नम्बर १४ निबासी आशा पाण्डेको पनि छ । पाण्डेले घोराही १४ लालीगुराँस टोलमा नै आशा किरण चमेना गृह संञ्चालन गर्दै आएकी छिन् । पाण्डेले ब्यवसाय गर्न थालेको अहिले करिब ९बर्ष भएको छ । पाण्डेले पनि लघुबित्त कार्यक्रम मार्फत नै शुरुमा १०हजार बाट आफनो ब्यवसायको थालनी गरेकी थिइन । जिवनका उतार चढाव हरेक समयलाई पार गर्दै आएककी पाण्डेले जिन्दगीमा हार भन्ने शब्दलाई आफनो शब्दकोषबाट नै निकाली दिएको बताइन । १५वर्षको उमेरदेखी खुत्रुके बाट नाङलो ब्यवसायको शुरुवात गरेकी पाण्डेलाइ महिलाहरुका लागी लघुबित्तहरुले दिने ऋणले ब्यवसाय गर्न सहजता हुने बताइन । पाण्डेले अहिले ग्रामीण महिला उत्थान केन्द्रवाट नै ३लाख सम्मको ऋण चलाउदै आएको बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*