Home / समाचार / महायज्ञमा बुढाथोकी परिवारद्धारा २६ लाख दान

महायज्ञमा बुढाथोकी परिवारद्धारा २६ लाख दान

घोराही, १० माघ

बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामा घोराहीमा जारी महायज्ञमा घोराहीको एयक परिवारले २६ लाख बढि दान गरेको छ ।

विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधीक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित ‘श्रीमद् भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ– २०७५’ मा घोराही १३ सेवार निबासी बुढाथोकी परिवारले २६ लाख ११ हजार १ सय ५५ रुपैया दान गरेको छ । महायज्ञका निर्देशक प्रा.डा.अर्जुनकुमार बुढाथोकीको परिवारले सो रकम दान गरेको हो ।

जुन यस महायज्ञको सर्वाधिक दान हो । स्वर्गीय हजुरबुवा खिमबहादुर बुढाथोकी, स्वर्गीय हजुरआमा ललीता बुढाथोकी, स्वर्गीय लोकसिं बुढाथोकी, स्वर्गीय यज्ञबहादुर बुढाथोकी र नरेश बुढाथोकीको स्मृतिमा विजया बुढाथोकी, रीता बुढाथोकी, ओमभक्त बुढाथोकी, शान्ता बुढाथोकी, भरत बुढाथोकी, ईन्दिरा बुढाथोकी, ईञ्जीनियर तर्कबहादुर बुढाथोकी, पुनम बुढाथोकी, प्रा.अर्जुनकुमार बुढाथोकी, गीता बुढाथोकी, सरद बुढाथोकी, प्रमीता बुढाथोकी, पारु बुढाथोकी, मनोज बुढाथोकी, आशा बुढाथोकी, प्रशान्त बुढाथोकी, चेतना बुढाथोकी, प्रज्वल बुढाथोकी, श्रृजना बुढाथोकी, विवनय बुढाथोकी विभु बुढाथोकी, सि.ए. अभ्यास बुढाथोकी, सुभम बुढाथोकी, डा.विक्रम बुढाथोकी लगायत बुढाथोकी परिवारले महायज्ञको आठौँ दिन विहीवार सो रकम दान गर्नुभएको हो ।

महायज्ञमा आयोजक मूल समितिका संयोजक घोराही उपमहानगरपालिका १३ का विमला गिरीको परिवारले १२ लाख ५१ हजार रुपैया दान गरेको छ ।

स्वर्गीय हजुरवुवा रणु गिरी, हजुरआमा तुलसा गिरी, स्वर्गीय ससुरा शुभान गिरी, सासु मीना गिरी र स्वर्गीय वुवा छविलाल योगी र आमा राधा योगीको स्मृतिमा महायज्ञ आयोजक मूल समितिका संयोजक विमला योगी, उहाँको श्रीमान वरिष्ठ अधिवक्ता अनिरुद्र गिरी, छोरीहरु डा.अञ्जु गिरी, ईञ्जीनियर आश्था गिरी र छोरा अवनिस गिरीले दान गर्नुभएको छ ।

यस्तै युवा व्यवसायी घोराही उपमहानगरपालिका वडा नम्बर १३ का दुर्लभ केसीको परिवारले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया दान गर्नुभएको छ ।

स्वर्गीय आमा खड्गकुमारी खत्री र स्वर्गीय वुवा लोकबहादुर खत्रीको स्मृतिमा छोरा दुर्लभ केसी र बुहारी सुम्नीमा केसीले सो रकम दान गर्नुभएको आर्थिक समितिका संयोजक भुपाल गिरीले जानकारी दिनुभयो ।

महायज्ञमा विहीवार १ करोड दीप प्रज्वलन गरिएको थियो भने शुक्रवार १ हजार ८ कन्या पूजा गरिएको छ ।
महायज्ञ आयोजकद्धारा धन्यवाद ज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*