Home / Feature Breaking news / दंगीशरणमा बस दुर्घटना,१७ घाईते

दंगीशरणमा बस दुर्घटना,१७ घाईते

 

दिप्तीशिखा चौधरी
दंगीशरण,३ कार्तिक । दंगीशरण गाउँपालिका–५ मिरौलीमा बस दुर्घटना भएको छ । दंगीशरण गाउँपालिका बैबाङ्गबाट तुलसीपुरतर्फ आउदै गरेको ना ४ ख ७८४८ नम्वरको बस अनियन्त्रीत भएर दुर्घटना हुदा १७ जना घाईते भएका हुन ।

उनीहरु मध्य गम्भरु घाइते भएका ४ जनालाई थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ । दुर्घटनामा घाइते भएका अन्य १३ जनाको राप्ती प्रादेशीक अस्पताल तुल्सीपुरमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय हेकुलीका प्रमुख कमल थापाले जानकारी दिएका छन् ।

बस चालक र सहचालकलाई नियण्त्रणमा लिई थप अनुसन्धान भैरहेको थापाले बताए । चालक र सहचाकलाई ईलाका प्रहरी कार्यालय तुलसीपुर पठाईएको प्रहरी प्रमुख थापाले बताए ।

यसैविच दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दुर्घटनामा घाईतेहरुको अवस्था बुझी उनीहरुको सीघ्र स्वास्थ्यलाभको कामना गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*