Home / Feature Breaking news / दाङमा शान्तिपूर्ण रूपमा मतदान सुरु

दाङमा शान्तिपूर्ण रूपमा मतदान सुरु

दाङ,४ मंसिर । दाङमा शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुन्नका लागि आइतबार बिहानैदेखि मतदाताहरु उत्साहित रूपमा लाइनमा लाग्नुभएको छ ।

जिल्लाका १ सय ५३ मतदानस्थालका ४ सय ६५ वटै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रूपमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभएको छ । उहाँका अनुसार बिहान ७ बजेदेखि नै मतदाताहरु लाइनमा लागेर शान्तिपूर्ण रुपमा मतदान गरिरहनुभएकाे छ ।

जिल्लामा ३ प्रतिनिधिसभा सदस्यका लागि ४३ जना र ६ प्रदेशसभा सदस्यका ४६ जना उम्मेदवार रहनुभएको छ । दाङमा ४ लाख १४ हजार ९ सय ५६ मतदाताहरु रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*