घोराही, ७ फागुन
नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ । महोत्सव स्थलमा कुनै आकस्मीक घटना भएमा निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।
“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा संयुुक्त एम्बुलेन्स चालक संघसँगको सहकार्यमा हरेक दिन पालैपालो एम्बुलेन्स तयारी अवश्थामा राखीएको मजगैयाले जानकारी दिनुभयो ।
प्रदर्शनीमा आउने दर्शकहरुकालागी दुर्घटना बिमा पनि गरिएको सचिवालय संयोजक लब अधिकारीले जानकारी दिनुभयो ।
RaptiSandesh RaptiSandesh