Home / समाचार / सामूहिक बलात्कार घटनाका दोषीलाई कारबाही गर्न कांग्रेसकाे माग माग

सामूहिक बलात्कार घटनाका दोषीलाई कारबाही गर्न कांग्रेसकाे माग माग

दाङ, १ असार ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कैलालीको एक क्वारेन्टाइनमा रहेकी महिलामाथि भएको सामूहिक बलात्कार घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै क्वारेन्टाइनमा बलात्कारको घट्ना हुनु अत्यन्तै दु.ख भएको भन्दै दोषी कडाभन्दा कडा कारावर्ही माग गरेका हुन ।

‘क्वारेन्टाइनमा बलात्कार जघन्य अपराध । दोषिलाई कार्वाही गर, क्वारेन्टाइनको बेथितिमा सरकार आफ्नो अनुहार हेर’–प्रवक्ता शर्माद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । उनले क्वारेन्टाइनहरूको बेथितिमा सरकारले आफ्नो अयोग्यताको अनुहार हेर्न जरूरी रहेको रहेको बताएका छन्् ।

‘मापदण्ड विपरीतका अव्यवस्थित क्वारेन्टाइनहरू कोरोना संक्रमण विस्तारको केन्द्र बन्दै गएका छन्। अव्यवस्थाका कारण देशका विभिन्न क्वारेन्टाइनबाट नागरिक भागेका छन्। क्वारेन्टाइन सुरक्षाका लागि कि सजायका लागि भन्ने प्रश्न उब्जिएको र बलात्कारसम्मको घटनाले कम्युनिष्ट सरकारको शासकीय क्षमताको अनुहारमा कालो पोतिएको छ’ शर्माले निकालेको विज्ञप्तिमा भनिएको छ।

देशमा तीन तहका सरकार भए पनि क्वारेन्टिनको सुरक्षा दिन नसकेको कांग्रेसको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*