Home / Feature Breaking news / कांग्रेस उम्मेदवारसँग दुखेसो ‘खोई एमालेको बृद्ध भत्ता ?’

कांग्रेस उम्मेदवारसँग दुखेसो ‘खोई एमालेको बृद्ध भत्ता ?’

घोराही, २५ कार्तिक
स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरपालिका–२ साईपुरका ८१ बर्षिय टिकाराम पोख्रेललाई आश देखाईयो ‘हामीलाई जिताउनुस् घरमै बृद्ध भत्ता पुर्याईदिन्छौँ ।’

सधै बृद्धभत्ताका लागि गाविस कार्यालय धाईरहनु पर्ने वाध्यता सहेका उनले घरमै बृद्धवत्ता उपलव्ध आउने विश्वासले उनै उम्मेदवारलाई भोट दिए । नभन्दै उक्त चुनावमा तिनै आवश्वासन दिने उम्मेदवारले चुनाव जिते ।

त्यसपछि पोख्रेललाई लागेको थियो अव घरमै वृद्धभत्ता पाइने भयो । वृद्धभत्ताकालागि घण्टौ समय लगाएर गाविस कार्याल्यमा लाईन बस्नुपर्ने बाध्यता अन्त्य हुने भयो भनेर ।

तर स्थानीय चुनाव सकिएको पाँच महिना भैसक्दा समेत घरमै वृद्धभत्ता आउन त परै जाओस उतिवेला मलाई भोट हाले घरमै बृद्धभत्ता ल्याईदिन्छु भन्ने नेता समेत अहिलेसम्म देखा नपरेको बृद्ध पोख्रेलले बताए ।

शुक्रवार भतदाता भेटका क्रममा साईपुर पुगेका क्षेत्र नम्बर १ प्रदेश सभा २ का उम्मेदवार जानकीलाल बस्नेतलाई सोधे ‘खोई बाबु एमालेको भत्ता ?’ पोख्रेलले थपे–‘ अव फेरी त्यस्ता झुठ उम्मेदवारलाई भोट हाल्दीन ।’
२०४६ सालदेखि निरन्तर चुनावमा भोट हाल्दै आएको बताउने पोख्रेलले विगत १० बर्षदेखि बृद्धवत्ता बुझ्दै आउनुभएको छ । साविक रामपुर गाविस कार्यालयवाट बृद्धवत्ता बुभmदै आएका पोख्रेलले अव घोराहीवाटै बुझ्नु पर्ने सुनेको बताउछन ।

त्यस्तै गुनासो साईपुरकी माधवा भुसालको पनि । उनलाई पनि स्थानीय तहको चुनावमा नेताहरुले गाउँमा विकास गरिने र छोरीहरुलाई जागिर खुवाई दिने आश्वासन दिएका थिए । तर चुनाव सकिएपछि छोरीलाई जागिर खुवाईदिने त परै जाओस अहिलेसम्म नेताहरु फेरी फर्केर नआएको उनको गुनासो छ ।

उनीहरु जस्तै धेरै स्थानीयबासीहरुले निर्वाचनको समयमा नेताहरु गाउँ पस्ने तर निर्वाचन सकिएपछि नेताहरुको अनुहार नै नदेखिने गरेको गुनासो गरेका थिए ।  गाउँको विकास गरिदिने,बेरोजगार बस्न नपर्ने,पार्टीका नेता तथा कार्यकर्ताहरुलाई नबुल्ने बचन दिएपनि निर्वाचन सकिएपछि जनतालाई चिन्नै छोड्ने नेताहरुको प्रवृति रहेको स्थानीयहरुले गुनासो गरे ।

तर निर्वाचन क्षेत्र नं. १(ख)का उम्मेदवार  जानकीलाल बस्नेतले आफुवाट जनतालाई विर्सने काम नहुने बताउनुभयो । जनताहरुकै माया र उत्साहले पार्टीले आफुलाई प्रदेशसभाको उम्मेदवार बनाएको भन्दै उम्मेदवार बस्नेतले जनताहरुको भावनालाई बेवास्था नगर्ने बताउनुभयो ।

उहाँले जनताहरुले आफुलाई भोट दिएर निर्वाचन गराएर जनताहरुकै आवश्यकताहरुलाई मध्यनजर गर्दै विकासका योजनाहरु  ल्याउने भन्दै जनतालाई भोट गरेर विजयी गराउन आग्रह गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा पूर्व सांसद तथा समानुपातिक उम्मेदवार बिमला नेपालीले जिल्लाको विकासमा काग्रेसको महत्वपुर्ण भुमिका रहेको बताइन ।

काग्रेसकै पालामा जिल्लामा सडक सञ्जालदेखी पुल,शिक्षा,विद्युत्,स्वास्थ्यसँगै कृषिका क्षेत्रमा धेरै विकास गरेकाले अव संविधान कार्यान्वयनसँगै जिल्लाको समृद्धिका लागि जनतालाई भोट दिन आग्रह गरेकी थिइन ।

प्रचारप्रसार कार्यक्रममा नेपाली काग्रेसका नेता मधु न्यौपाने,गोविन्द रेग्मी,साविक रामपुर इकाई अध्यक्ष रेवतीप्रसाद शर्मालगायतको सहभागिता रहेको थियो । त्यसक्रमा रामपुर,साईपुर,कालिमाटी,नाम्रीकोट लगायतका स्थानहरुमा घरदैलो गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*