Home / समाचार / यादव समुदायका ‘साहेब’

यादव समुदायका ‘साहेब’

दाङ, २५ कात्तिक
विश्वको अग्लो त्रिशुल दाबी गरिएको धार्मिक स्थल बराहदेव धारपानी मन्दिर । जिल्लाको धार्मिक आस्थाको केन्द्रकै रुपमा गनिन्छ । कांग्रेस क्षेत्र नम्बर १ का उम्मेदवारहरुले चुनाव चिन्ह पाएलगत्तै प्रचार अभियान यहि थलोबाट सुरु गरे ।

वुधवार बिहान उम्मेदवार, नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती , मन्दिरका पुुजारीले टिका लगाईँदिदै भने ‘विजयी हुनु ।’ भगवानको दर्शन गरेर प्रफुल्लीत मन लिएर देउखुरी ओर्लिएका उम्मेदवारहरु गढवा हुँदै बेलाको सोमई थान मन्दिरमा पुनः आशिष थाप्न पुग्ने ।

यो मन्दिरको दर्शन पछि उनिहरुको आशिष माग्ने थलो बने मतदाताका बस्ती । यसैक्रममा प्रतिनीधिसभा सदस्य उम्मेदवार जानकी लाल बस्नेत आफ्नो चुनावी क्षेत्र प्रदेश सभा २ का बस्ती तर्फ लागे,राजपुर,बेला,बनकट्टि,लैबरुवा, सिक्टा गाउँतिर ।

राजपुरको यादव समुदायको बाहुल्य रहेको बस्ती फोहरा गाउँ, जुन गाउँ कैयन पटक आगलागीबाट खरानी बन्यो । त्यहाँका मतदाताहरुको पहिलो अपेक्षा नै यहि छ ‘आगलागीबाट बस्ती जोगियोस् ।’

जानकीलाल आफ्ना कार्यकर्ता सहित फोहरा गाउँमा पाईलो टेक्दा वित्तिकै उनको क्रेज छताछुल्ल बन्यो । सडक छेउमा रहेका यादव समुदायका नागरिकहरु उनि सामु झुम्मीए । ‘हमारा नेता साहेब आईगयन,’ यादव बस्तीका ‘साहेब’ जानकीलालको क्रेज गाडीबाट ओर्लिना साथ सुरु भयो ।

‘हात समातेर ढोग्ने सम्मका यादव समुदायका उनका फ्यानहरु अंकमाल गर्दै दुख व्यथा समेत खुलस्त पोखे । ‘आप कैसन हो ?’ यादव समुदायकै भाषाबाट गरेको साहेबको सोधनीले यादवहरुले झनै अपनत्व महशुस गररे शायद । ‘हल्का भुखार है,और तो सब अच्छा है, साहेव ।’ ति बृद्धको निधार छाम्दै जानकीले भने ‘लमही आईहो दवा करनेके लिए ।’ सडकबाट सुरु भएको उनको क्रेज गाउँभित्र प्रवेश गर्दा झनै विछट्टै देखियो । जानकी सबै भन्दा अघिअघि थिए, कार्यकर्ताहरु पछिपछि ।

जानकीलाई देख्नासाथ गाउँलेहरुले भन्थे ‘साहेब आईगयन,हमारा नेताजी आईगएन ।’ घर बाहिर यत्रतत्र फालिएका सरसामान भित्र राखेर उनलाई स्वागत गर्न कैयन महिलाहरुलाई हम्मे हम्मे देखियो ।

‘कांग्रेस नेता यादव समुदायका ‘साहेब’ यादव समुदायका लोकप्रिय नेता हुन्’ यो चर्चा पहिले देखिनै सुनिदै आएको थियो,तर देख्ने मौका वुधवार जुर्यो । जानकीसंगै पुगेका पार्टीका कार्यकर्ता तथा उनका शुभेच्छुकहरु समेत उनको क्रेज देखेर अचिम्मत भए ।

उनलाई यादव समुदायले गरेको स्वागत हेर्न लायक थियो, मानौ उनि केन्द्र तहकै बरिष्ठ नेता हुन्, जानकीले त्यो सम्मान पाउँदा रहेछन् यो समुदायको बस्तीमा ।तथापी साहेब भन्दै उनलाई दर्शन टक्र्याउन आउने जो सुकैसंग उनि नेताको रुपमा प्रस्तुत भएनन् । सबैलाई भन्थे ‘आशिष लेने आया हुँ ।’ आँफू कहाँ आशिष माग्न आएको भन्दै ‘साहेब’ले दिएको अभिव्यक्तिले स्थानीयलाई झनै हर्षित तुल्यायो ।

स्थानीयहरुले आफ्ना साहेबको जीतको कामना गर्दै आशिर्वाद दिए । घरघरमा पुगेर आशिर्वाद लिएका जानकीलालले उनिहरुलाई कुुनै आश्वासन पनि बाँडेनन् । उनले बुझेका छन् आश्वासन भन्दा महत्वपूर्ण कुरा अपनत्व र आत्मियता । हो, यहि आत्मियताकै कारण यादव समुदायका साहेब बनेका छन् जानकीलाल । घरघरमै पुगेर भेट गरेका जानकीले घरमा नभएकाहरुलाई कुरेरै बसे ।

आँफूलाई कुरेर बसेका ‘साहेब’ लाई देख्नासाथ शायदै उनिहरुलाई अप्ठ्यारो महशुस भएको थियो, अनि पररैबाट हात जोर्दै साहेब भनेर अंकमाल गर्न आउनेहरुको ‘साहेब प्रेम’ निकै रोचक देखिन्थ्यो । घरमा पुगेर मतदातासंग भेटघाट गर्नेक्रममै एकजनाले सोधे ‘साहेब पान ?’ जानकीलालले खाने भन्दै पान बनाउन पठाए ।

अर्का एकजनाले पान लिन जान थालेकालाई सुझाव दिए‘साहेब वाला पान बनवाईहो ।’ जानकीको अर्को क्षमता उल्लेख गर्न लायक देखियो । उनले गाउँमा भेटिने जो सुकैलाई चिनदा रहेछन् ।

सबैको नााम लिएर आत्मियताका साथ उनले बोलाउँथे, यादवकै भाषा मार्फत । यति मात्रै हैन, ससना बालबच्चाहरुको समेत हेक्काराख्दा रहेछन् उनले । उनले साना बालबालीकाहरुसंग समेत उनिहरुका बाबु आमाको नाम लिँदै कता छन् ? भनेर सोध्थे ।

यादव समुदायका प्रिय जानकीलालले यो बस्तीमा बिकास कति गरे या गरेनन् ? यसको श्रेय उनले लिँदैनन् । तर यादव समुदायले उनको गुण अधिक मान्ने गरेको छ ।

यो बस्तीमा आईपर्ने जुनसुकै विपद् वा दुख सुख दुबैमा मल्हम बन्दै आए । यसर्थ उनि यो बस्तीकै एक्ला साहेब कहलिएका छन् । आशिष मात्रै थाप्न वुधवार बस्ती पुगेका उनै साहेब जानकी प्रचारका क्रममा फेरी त्यो बस्तीमा पुग्ने बाचा गरेर त्यहाँबाट पश्चिम तर्फ लाग्दै थिए ।

सडक छेउमा पाँच सात जनाको अर्को समुह बसिरहेको थियो । उनि त्यहिँ पुगे । आँफू उम्मेदवार बनेको जनाउँदै दिँदै सहयोग गर्न आग्रह गरेका जानकीलाई त्यो समुहले पनि भन्यो ‘हमारा नेता आप हो साहेब,हमारा नेता और कोई नहि ।’ यो बस्तीका मतदाताबाट आशिष लिएपछि उनि आफ्नै थलो लैबरुवा तर्फ लागे ।

जहाँ गाउँलेहरु उनको स्वागतका लागि पर्खिरहेका थिए । मतदाताहरु समक्ष मत माग्न नभई आशिर्वाद लिन पुगेका जानकी अविरले राताम्य बनेर फर्किए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*