दाङ, १ मंसीर
आगामी मंसीर २१ गते हुने प्रतिनीधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनकालागि दाङमा कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ । नेपाली कांग्रेस दाङले आज शुक्रवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि घोषणपत्र सार्वजनिक गरेको हो ।
घोषणपत्रको नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सिचाई मन्त्री दिपक गिरी, जिल्ला सभापति किर्तीबहादुर खड्का लगायतका नेताहरुले सार्वजनिक गर्नुभएको थियो । घोषणपत्रमा जिल्लालाई गुईठामुक्त जिल्ला बनाउनेदेखी प्रदेश नम्बर ५ को प्रादेशीक राजधानी बनाउने विषय रहेका छन् ।
समृद्ध दाङ बनाउनकालागि प्रादेशीक राजधानी बनाउने, दिर्घकालिन विकासकालागि पूर्वाधार निर्माण गर्न दाङ र देउखुरी उपत्यकामा बृहत चक्रपथ निर्माण गर्ने, दाङ–देउखुरीको व्यवस्थित विकास निर्माणकालागि मास्टर प्लान तयार पर्ने, परिणममुखी विकास योजनलाई प्राथमीकता दिने घोषणपत्रमा समावेश गरिएको छ ।
घोषणपत्रमा उल्लेख भए अनुसार जिल्लालाई दाङ उपत्यकालाई स्मार्ट सिटीको रुपमा विकास गरिनेछ, एक घर एक रुख एक वडा एक उद्यान कार्यक्रम लागु गरिनेछ, दाङमा ईन्धनको रुपमा गुईठा प्रयोग गर्ने परिवारलाई वैकल्पीक ईन्धनतर्फ उन्मुख गराई गुईठा प्रयोगमुक्त बनाईने छ । यस्तै जलस्रोत संरक्षणकालागि अल्पकालित र दिर्घकालिन योजना निर्माण गरिनेछ भने लोकतान्त्रिक आन्दोलनका प्रथम सहि दउमेशचन्द्र थापा लगायत देशका सहिदहरुको सम्झनामा दाङको महत्वपूर्ण ठाँउनमा सहिद स्मारक बनाईने छ ।
घोषणापत्रमा उल्लेख भएअनुसार कांग्रेसले दाङलाई हरेक क्षेत्रमा समृद्ध बनाउने परिकल्पना गरेको छ । स्तरिय निशुल्क विद्यालय स्थापना, दंगाली जनताको स्वास्थ्य बिमा, मासु कुखुरा, माछा, धान र तरकारीमा जिल्लालाई आत्मसनिर्भर, सबै वडाहरुलाई जोड््ने पक्की सडक निर्माण, सबै बस्तीमा उज्यालो पु¥याउदै दाङलाई लोडसेडिङमुक्त बनाउने, प्रत्यक वडामा एक जलाशय निर्माण गर्ने, जिल्लाको प्रत्यक वडामा १५ शैयाको स्तरिय अस्पताल निर्माण गर्ने, विद्युतिय सवारी साधन प्रयोगमा ल्याउने, जिल्लामा रेल सेवा सञ्चालन गर्ने, प्रदेश स्तरिय हवाई विमानस्थल निर्माण गर्ने योजना रहेका छन् । यस्तै सिमानाका लमही–कोईलाबास सडक कालोपत्रे गर्ने, अन्तराष्ट्रिय स्तरको खेलमैदान निर्माण, तटबनधमा देउखुरी सुरक्षीत हुने, भालुवाङ–लमही–घोराही–तुलसीपुर–अमेलिया सडकखण्डलाई ६ लेनको करिडोर सडक स्तरउन्नतीसँगै अन्य महत्वपूर्ण सडक विस्तार गर्ने योजना घोषणपत्रमा उल्लेख छ ।
घोषणपत्रमा कृषीमा जिल्लालाई आत्मनिर्भर बनाउने र विशेष गरि कुखुरा, माछा, धान र तरकारीमा दाङलाई आत्मनिर्भर बनाउने, राजगारमूलक कार्यक्रम ल्याउने, जनताको स्वास्थ्य बिमा, रेल सेवा र केवलकार सेवा सञ्चालन गर्ने विषयलाई पनि प्राथमीकता साथ समेटिएको छ ।
घोषणपत्रमा पर्यटन तथा सांस्कृतिक, धार्मिक क्षेत्रको विकास गर्ने योजना रहेको छ । जसमा जिल्लाको पर्यटकीय क्षेत्रको संरक्षण, सम्बद्र्धन र विकास गर्ने, प्याराग्लाईडिङको पूर्वाधार विकास गर्ने, पर्यटन विकासकालागि प्राकृतिक चिडियाखाना निर्माणकालागि पूर्वाधार निर्माण गर्ने र जिल्लामा रहेका जातिय परम्परा तथा प्रचलन एवं पूजास्थललाई संरक्षण तथा पर्वद्धन गर्दै चलेको थारु, क्रिश्चीयन, मगर तथा मुस्लीम समुदायका भयाँर, मस्जित, चर्च र देवी देवताका स्थलहरुलाई विशेष संरक्षण गर्ने योजना रहेका छन् ।
यस्तै शिक्षा क्षेत्रमा जिल्लामा प्राविधीक विश्वविद्यालय ल्याईनेछ, विद्यालय र क्याम्पसको समुचित विकासकालागि ‘शैक्षिक सुधार’ कार्यक्रम तर्जुमा गरिनेछ, दक्ष जनशक्ती निर्माण गरि स्वरोजगार सिर्जना गरिनेछ, शिक्षा क्षेत्रको भौतिक विकाससँगै शिक्षामा गुणस्तरिता प्रदान गरिने घोषणपत्रमा उल्लेख छ ।
स्वास्थ्यको क्षेत्रमा घोराहीको राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण गरिनेछ भने तुलसीपुरको राप्ती अञ्चल अस्पताललाई प्रदेशस्तरिय अस्पतालको रुपमा विकास गर्ने, जिल्लाका लमही, भलुवाङ लगायतविभिन्न स्थानमा सुविधा सम्पन्न अस्पतालहरु निर्माण गरि सर्वसुलभ सेवा दिईनेछ, नागरिकहरुको स्वास्थ्य बिमाको व्यवस्था गरिनेछ, जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिनेछ । यस्तै भौतिक पूर्वाधार अन्तरगत जिल्लाका विभिन्न महत्वपूणस् सडकहरुको स्तरउन्नती, सिचाई, स्वास्थ्य, शिक्षा, खेलकुद, तालतलैया, कृषी पटक क्षेत्र निर्धारण, होमस्टे परियोजनालाई भएको ठाँउमा स्तरवृद्धि गर्ने र नभएको ठाँउमा स्थापना गर्ने घोषणपत्रमा उल्लेख गरिएको छ ।
घोषणपत्रमा खनिज पदार्थ व्यवस्थापन, जेष्ठ नागरिक विशेष कार्यक्रम, व्यवस्थित बस्ती तथा आधुनिक शहर निर्माण, उर्जा व्यवस्थापन, सुचना तथा सञ्चार, विपद् व्यवस्थापन, महिला सहभागिता, दलित तथा जनजाति सहभागिता, बालबालिका, भुमिहीन र सुकुम्बासी समस्या समाधान, श्रमीकका अधिकार, अपांग व्यक्तीहरुका सम्वन्धमा विशेष कार्यक्रम लागु गरिने बताईएको छ । स्थान्ीय कला, सहत्यि र लोकसंस्कृति, द्धन्द्धपीडित र सिमान्तकृत अल्पसंख्यकहरुका सम्बन्धमा पनि विशेष कार्यक्रम ल्याईने कांग्रेसले घोषणपत्रमा उल्लेख गरेको छ ।
आज शुक्रवार सार्वजनिक गर्रिएको घोषणपत्रमा अतिवादको प्रतिवाद, रोजगारमूलक बेद्धि, कल्याण्कारी राज्य, देश जोड्ने संघीयता, सार्वभौम समानता, संक्रमणकालीन न्याय र सामाजिक–धार्मीक सद्भाव काग्रेसको प्रमुख मुद्धा रहेको उल्लेख गरिएको छ ।
घोषणपत्रमा नेकपा एमालेलाई राष्ट्रिय एकता र समृद्धिको बाधक र नेकपा माओवादी केन्द्रलाई अस्थिर राजनितीको लाभ खोज्ने अवसरवादी दलको रुपमा प्रष्ट्राईएको छ । सत्ता स्वार्थले कम्यूनिष्ट गठबन्धन बनेको भन्दै घोषणपत्रमा राष्ट्रवादी र लोकतान्त्रिक शक्तिहरुको साझा सहमति र सहकार्यमा कांग्रेस रहेको घोषणपत्रमा उल्लेख गरिएको छ ।
कांग्रेसका जिल्ला सभापति किर्तीबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रिय सदस्य गिरीले घोषणपत्रमा उल्लेख गरिएका हरेक बुँदा कार्यान्वयन हुने बताउनुभयो ।
उहाँले कांग्रेसले जनतालाई चिल्ला कुरा गरेर आश्वासन लबाढ्ने भन्दै आफूहरुले गरेको प्रतिवद्धता पुरा गरेको र आगामी दिनमा पनि पुरा गर्ने बताउनुभयो । ‘कांग्रेस जे बोल्छ त्यो गर्छ मतदाताहरुलाई आश्वासन बाढ्दैन’ उहाँले भन्नुभयो–‘हामीले २०७० सालमा संविधान दिन्छौ भनेर भनेका थियौ दियौ पनि, अब हाम्रो मुख्य एजेण्डा दाङलाई प्रादेशीक राजधानी बनाउने हो अवश्य बनाउछौ ।’
गिरीले दाङलाई प्रादेशीक राजधानी बनाउने भनेर कांग्रेसले मुख्य एजेण्डा बनाएर चिच्याईरहेको बताउदै केही दलहरु दाङ राजधानी बनाउछौ भन्न डराईरहेको बताउनुभयो । ‘कांग्रेसले दाङलाई प्रदेशीक राजधानी बनउछौ भनेर भनिरहेका छौ जोडदारले भनिरहेका छौ चिच्याईरहेका छौ’ गिरीले भन्नुभयो–‘केही दलहरुले दाङलाई राजधानी बनाउछौ भन्न पनि डराईरहेका छन् सानो स्वरमा जनतालाई भ्रम फैलाईरहेका छन् ।’