Home / Feature Breaking news / घोराही महोत्सवमा आज गायक प्रकाश दुतराजको प्रस्तुती रहने

घोराही महोत्सवमा आज गायक प्रकाश दुतराजको प्रस्तुती रहने

घोराही ।

घोराही उपमहानगरपालिका–१४ झिँगौरामा जारी ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ मा आज आइतबार राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरू आउने भएका छन्।

महोत्सवलाई आकर्षक बनाउन चर्चित गायक प्रकाश दुतराज, रीता थापा, चन्द्र शर्मा, अपेक्षा गिरी, घनश्याम केसी, सन्दीप सेञ्चुरी, रचना चौधरी, उमा खनाललगायतका कलाकारहरू प्रस्तुत हुने आयोजक समितिका संयोजक वसन्त जोशीले जानकारी दिए।

युवा पुस्तामा चर्चित गायक प्रकाश दुतराजका घर कता हो बैनीको, जाम भो माइली र रेलीमै जस्ता गीतहरू लोकप्रिय छन्।

महोत्सवमा लुम्बिनी प्रदेशस्तरीय लोकदोहोरी प्रतियोगिता पनि आयोजना गरिनेछ। लोक संस्कृतिको संरक्षण र स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजना गरिने प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार, द्वितीयलाई ३५ हजार, तृतीयलाई २५ हजार र सान्त्वना पुरस्कारस्वरूप १५ हजार नगद, मेडल र शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ।

त्यसैगरी, विद्यालयस्तरीय नृत्य र कविता प्रतियोगिता तथा खुला लोक नृत्य र जोडी नृत्य प्रतियोगिता समेत आयोजना गरिने छ। नृत्य प्रतियोगितामा पनि उत्कृष्ट हुनेलाई नगदसहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको प्रचारप्रसार उपसमितिका संयोजक युवराज पोख्रेलले जानकारी दिए।

महोत्सव उद्योग, व्यापार, कृषि र पर्यटनको प्रवर्द्धन गर्दै परनिर्भर अर्थतन्त्रबाट आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने उद्देश्यसहित आयोजना गरिएको महोत्सव फागुन १८ गते सम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*