Home / Feature Breaking news / अरिङ्गालले टोकेर एकको मृत्यु

अरिङ्गालले टोकेर एकको मृत्यु

दाङ, २७ असोज । बन अरिङ्गालले टोकेर एक ब्यक्तिको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका वडा नं ९ जाबुने बस्ने ४० वर्षिय घनस्याम बरालको उपचारको क्रममा मृत्यु भएको हो । बनमा घाँस काट्ने क्रममा अरिङ्गालको गोलो भत्कीय पछि अरिङ्गालले बराललाई टोकेको थियो ।

अरिङ्गालको टोकाईवाट घाईते भएका बरालको उपचारको क्रममा चितवन पुरानो मेडिकल कलेजमा गएराती मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*