Home / Feature Breaking news / रुखबाट खसेर देउखुरीमा एक जनाको मृत्यु

रुखबाट खसेर देउखुरीमा एक जनाको मृत्यु

दाङ,२७ असोज । दाङको देउखुरीमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । देउखुरीको लमही नगरपालिका– ७ वनघुस्री निवासी ५२ बर्षिय भीम बहादुर थापा ‘बाबुराम’को रुखबाट खसेर मृत्यु भएको हो ।

डाले घाँस काट्न रुखमा चढेका थापा रुखबाट खसेर गम्भीर घाईँते भएका थिए । घाइते थापाको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*