Home / Feature Breaking news / गाडीको इञ्जिन मै जिवन खोज्दै श्रेष्ठ

गाडीको इञ्जिन मै जिवन खोज्दै श्रेष्ठ

अमरराज आचार्य

दाङ, १० जेठ । दिउसोको करिव १ वजेको टन्टलापुर घाममा घोराहीमा रहेको अटो भिलेजमा एउटा पुरानो गाडीको इन्जीनका पाट पुर्जा खोल्दै थिए । विहानदेखि साँझसम्म यसरी नै काममा खटिने गरेका छन् ।

गोरखा जिल्ला भएका होमनारायण श्रेष्ठले विगत १२ वर्षदेखि अटो मेकानिकको रुपमा काम गदै आएका छन् । दाङमा उनले विगत ५ वर्ष देखि विग्रीएका गाडी बनाउने हेड मिस्त्रीको रुपमा काम गदै आएका छन् । दाङमा पनि यस व्यवसायको राम्रो सम्ंभावना रहेकाले आफु यहाँ आएको उनले बताए । आफनै पसल सञ्चालन नगरेर श्रेष्ठले स्वर्गद्धारी अटो भिला विजनेश गु्रममा हेड मिस्त्रीको रुपमा काम गदै आएका हुन । उनले सवै प्रकारका गाडी मर्मत गर्ने गरेको बताए ।

उमेर २४ वर्ष भएका उनले १२ वर्षको उमेरदेखि यस क्षेत्रमा काम गरेको बताए । १२ वर्षको उमेरमा यस क्षेत्रमा प्रवेश गरेका उनले काठमाडौमा तालिम लिएका थिए । आफनो सानैदेखिको रुचि भएकाले यसतर्फ लागेको उनको भनाइ छ । ‘मेरो सानै देखिको रुचि नै मेकानिक क्षेत्र रहेको थियो’ श्रेष्ठले भने ‘ अहिले सवै प्रकारका गाडी मर्मत गर्ने गरेको छु ।’ उनले मासिक ६० हजार वचत गर्ने गरेको बताए ।

उनीले आफु कहा मर्मत गर्ने आउनेलाई फिर्ता पठाउने गरेका छैनन । उनले हालसम्म आफु जस्तै ५ जना मिस्त्री समेत वनाइ सकेका छन् । ‘आफु संग भएको सिप वाडने गरेको छु जस्ले गर्दा अरु पनि आत्म निर्भर वन्न सकुन’ श्रेष्ठले भने । सिप आफुले मात्र नभइ अरुलाई पनि सिकाउनु पर्ने उनको भनाई छ । उनी संग सिप सिकेकाहरु पनि अहिले मिस्त्री भएर काम गरि राखेका छन् । ‘नेपालीहरु वेरोजगार हुने तर भारती मिस्त्री खोज्नु पर्ने अवस्था आउने गरेको थियो अहिले कम हँुदै गएको छ’ श्रेष्ठले भने ।

आफनो देशमा नै काम गर्न पाएकोमा आफु खुसी रहेको बताए । आफु सानै देखि विदेश जाने सोच नवनाएको बताए । ‘जे गरे पनि आफनै देशमा गर्नु पर्दछ’ श्रेष्ठले भने । उनीसँंगै अहिले घोराही उप महानगरपालिका वडा नं ५ धर्नाका विनय केसीले सिप सिक्दैछन् । केसीले भखरै मात्र कक्षा ११ को परिक्षा दिएका हुन । उनले करिव ८ महिनादेखि गाडी वनाउने सिप सिकि रहेका छन् । केसीले इन्जीन र गेयर वक्स वाहेका अन्य सवै काम सिकि सकेको बताए । सफल मेकानिक वन्ने उनको सोच छ । ‘अध्ययन गर्ने समय वाहेकको समयमा सिप सिक्नु पर्दछ भनेर आएको हु’ केसीले भने ।

सिप सिकेमा जुन सुकै स्थानमा पनि काम गर्ने सकिने उनको भनाइ छ । स्वर्गद्धारी अटोभिला विजनेश गु्रप पालिले नेपाली मेकानीकहरु लाई प्राथमिक दिएको जनाएको छ । प्रालिका म्यानेजिङ डाइरेक्टर सुशील पोख्रेलले नेपाली मेकानीकहरुलाई प्राथमिक्दा दिएको बताए । आफुहरु कहा ११ जना मध्य ३ जना मात्र भारतका रहेको र अन्य सवै नेपाली रहेको बताए । ‘हामीले नेपालीले सिप सिक्न सकुन भनेर यस्तो व्यवस्था गरेका हौ’ पोख्रेलले भने । सिप सिक्न आउनेलाई खाना वस्नको व्यवस्थाका साथै सामान्य खर्चको समेत व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*