घाेराही, १० जेठ
घाेराहीमा सार्वजनिक साैचालय निर्माण सुरू गरिएकाे छ । घाेराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चाेकमा शाैचालय निर्माण सुरू गरिएकाे छ । शाैचालयकाे १५ नम्बरका वडा अध्यक्ष रमेशकुमार पाण्डेयले शुक्रवार शिलन्यास गर्नुभएकाे छ ।
घाेराही उपमहानगरपालिकाकाे १० लाख ९८ हजार ३ सय बजेटमा शाैचालयकाे निर्माण गर्न सुरू गरिएकाे हाे ।
विद्युत कार्यालयकाे पश्चिम तर्फकाे जग्गामा जानकी टाेल क्षेत्रमा शाैचालयकाे निर्माण गरिदै छ ।
जानकी टाेलका अध्यक्ष रञ्जीत वलीकाे अध्यक्षता एवं वडा अध्यक्ष रमेशकुमार पाण्डेकाे प्रमुख अातिथ्यमा कार्यक्रम भएकाे थियाे ।
घाेराहीकाे व्यस्त चाेक तुलसीपुर चाेकमा शाैचालय नहुँदा सरेवसाधारणहरूले शाैचमालागी समस्या भाेग्दै अाएका छन् । शाैचालय निर्माण भएपनि त्याे समस्या हटेर जाने विश्वास रहेकाे वडा अध्यक्ष पाण्डेले बताउनुभयाे ।
असार मसान्तसम्ममा शाैचालय निर्माण सम्पन्न गरिने निर्माण उपभाेक्ता समितिका अध्यक्ष टीकाबहादुर बस्नेतले जानकारी दिनुभयाे ।।