दाङ १५ असोज । घोराही उपमहानगरपालिका–१९ मा समुह सदस्यका लागि अनुशिक्षण तालिम सम्पन्न भएको छ । घोराही उपमाहनगरपालिका महिला तथा बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रमको उदघाटन वडा अध्यक्ष हर्क जिएमले गरेका थिए । तालिममा समुह, बचत, लैगिक हिंसा, घरेलु हिंसा र निवारण र महिला सशक्तिकरण लगायतका विषयमा महिला निरक्षक राधा भटराइ र खुमा डिसीले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा वडा सदस्य जंग रोका, नेकपा प्रतिनिधि उदय विश्वकर्मा, कोइलाखानी टोल विकास सस्थाका अध्यक्ष अनन्तबहादुर भण्डारी र तोष माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम घर्तीले मनतव्य व्यक्त गरेका थिए