Home / Feature Breaking news / बसको ठक्टरवाट एकको मृत्यु भएपछि घोराहीमा तनाव

बसको ठक्टरवाट एकको मृत्यु भएपछि घोराहीमा तनाव

दाङ,९ पुस । बसको ठक्टरवाट घोराहीमा एक जनाको मृत्यु भएपछि अहिले घोराही बजारमा तनाव गस्त भएको छ । घोराहीको नयाँ बसपार्कवाट तुलसीपरचोकतिर आउदै गरेको लु २ ख १६०२ बसले घोराही उपमहानगरपालिका–१४ नयाँ बजारमा रा ३ प १९७४ स्कुटीलाई ठक्टर दिदा स्कुटी चालक घोराही उपमहानगरपालिका–१८ का २९ बर्षीय मेघराज पुनको मृत्यु भएको थियो । भने घट्नामा स्कुटीमा सवार सोही ठाउँ निवासी २४ बर्षीय महेश बुढा घाइते भएका छन ।

tippar

त्यसपछि पुन र बुढाका आफन्तहरुले घोराही बजारमा प्रदर्शन गरेका छन । गाडी चालकले व्याक गरेर पुनको हत्या गरेको भन्दै आक्रोशित आफन्तहरुले घोराही बजारमा बन्द गराउनका साथै सवारीसाधनहरुमा तोडफोड समेत गरेका छन । आक्रोशित युवाहरुले घोराहीको बिपीचोक स्थीत रा १ ख १४३१ नम्वरको टिप्पर र ना ६ ख ४० ३७ नम्वरको ट्रकमा तोडफोड गरेका छन ।

त्यस क्रममा आन्दोलनकारीको ढुङगा लागेर टिप्पर चालक गम्भीर घाइते भएका छन । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै स्कुटरमा सवारी बुढाको पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेकोे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ghora दुर्घटना पश्चात आक्रोशित स्थानीयवासीहरुले बसमा तोडफोड समेत गरेका थिए । चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घोराहीको ट्राफिकचोकवाट केही प्रदर्शनकारीलाई समेत नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*