दाङ,५ मंसिर । घुस रकम लिइरहेको अवस्थामा तुलसीपुरमा रहेको मालपोत कार्यालयबाट दुई जना कर्मचारी पक्राउ परेका छन् ।
मालपोत कार्यालय तुलसीपुरको तामेली फाँटमा कार्यरत नासु पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे सेवाग्राहीसँग नगद तीन लाख २० हजार रुपैया घुस लिइरहेको अवस्थामा शुक्रवार रंगे हात पक्राउ परेका हुन ।
जग्गा नापजाँच गरी पूर्जा बनाइदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगंजबाट खटिएको टोलीले घुस रकम लिईरहेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जानकारी दिएको छ ।
पक्राउ परेका व्यक्तिहरुमाथिबाट थप अनुसन्धान भैरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगंजले जनाएको छ ।
RaptiSandesh RaptiSandesh