Home / Feature Breaking news / बसको ठक्टरवाट घोराहीमा एकको मृत्यु

बसको ठक्टरवाट घोराहीमा एकको मृत्यु

दाङ,९ पुस । बसको ठक्टरवाट घोराहीमा एक जनाको मृत्यु भएको छ । घोराहीको नयाँ बसपार्कवाट तुलसीपरचोकतिर आउदै गरेको लु २ ख १६०२ बसले घोराही उपमहानगरपालिका–१४ नयाँ बजारमा रा ३ प १९७४ स्कुटीलाई ठक्टर दिदा एक जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा स्कुटी चालक घोराही उपमहानगरपालिका–१८ का २९ बर्र्षीय मेघराज पुनको मृत्यु भएको छ । स्कुटीमा सवारी सोही ठाउँ निवासी २४ बर्षीय महेश बुढा घाइते भएका छन । घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेकोे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटना पश्चात आक्रोशित स्थानीयवासीहरुले बसमा तोडफोड समेत गरेका थिए । चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*