Home / Feature Breaking news / घोराहीमा जारी प्रदर्शनी तीन दिन थप

घोराहीमा जारी प्रदर्शनी तीन दिन थप

घोराही, १२ फागुन

घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ तीन दिन थप गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराही उपमहानगरपालिका वडा नम्बर १४ झिगौरामा जारी प्रदर्शनी तीन दिन थप गरिएको आयोजक मूल समितिले जानकारी दिएको छ ।

“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ फागुन ३ देखी१३ गतेसम्म आयोजना गरिएको प्रदर्शनी तीन दिन थप भएसँगै फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । घरेल्ु तथा साना उद्योग महासंघ एवं दर्शकहरुको माग अनुसार तीन दिन थप गरिएको आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।

प्रदर्शनी थप भएसँगै स्थानीय साना तथा घरेलु उद्योगीहरु पनि खुसी भएका छन् । ‘हामीले निशुल्क स्टल पाएर अल्लोको कपडाहरु राखेका छौँ, आयोजकले प्रदर्शनी तीन दिन थप गरेको जानकारी पाँयौ ।’ अल्लो व्यवसायी प्रेमकुमारी पुनले भन्नुभयो– ‘एकदमै खुसी लागेको छ । हामी साना उद्योगीहरुकालागी यो महत्वपूर्ण अवसर हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*