लक्ष्मी ढकाल
दंगीशरणका २४ वर्षीया युवा जिवनदेखि निराश लागेको धेरै महिना भयो । पटक पटक आत्महत्या गर्ने सोच आउने गर्छ । उनको भनाई अनुसार मर्ने प्रयास गरेको समयमा परिवारले देखेर वचाए तर पनि मौका पायो भने फेरी प्रयास गर्छु । उहाको यो सोचलाई निरन्तरको मनोविमर्श पश्चात एक पटक पाएको जिन्दगी जसरी भएपनि मर्ने हो तर आफैले मार्नु आफैलाई सिध्याउनु गलत हो । मर्नु समस्याको समाधान होइन भन्ने सकारात्मक सोचको विकास भएको छ ।
घोराहीकी १५ वर्षीया वालिकालाई समाजले लगाउने लान्छना सहन नसकी पटक पटक आत्महत्याको प्रयास गरीन । परिवारले मनोविमर्श सेवामा राखेपछि सोच वदलिएको छ र आत्महत्या रोकथामका लागि विद्यालय र समुदायमा सचेतनाका लागि पहल गरिरहेकी छिन ।
त्यस्तै केही महिना अघि घोराही ४ मा एक महिलाले आफै आत्महत्या गरिन । त्यस्तै ४ सन्तानकी आमाले आफुसँगै छोराछोरीलाई मार्ने सोच आउने गरेको वताउछिन । त्यस्तै १२ वर्षकी एक किशोरीले पटक पटक आत्महत्याको सोच आउने र प्रयास गरेको बताउछिन । यी सवै दाङमा भएका वास्तविक घटना हुन । यस्ता घटनाहरु कयौ छन तर यी केही प्रतिनिधी मात्र हुन । आजभोली दैनिक आत्महत्याका घटनाहरु विभिन्न माध्यमवाट सावैजनिक भइरहेका छन । आत्महत्या विश्वमै दिनप्रतिदिन बढदो क्रममा रहेको छ ।
हरेक वर्ष सेप्टेम्वर १० लाई विश्व आत्महत्या रोकथाम दिवसका रुपमा मनाइन्छ । यस वर्ष २०२४मा पनि मानसिक तथा मनोसामाजिक क्षेत्रमा काम गर्ने व्यक्ति,संघसंस्था तथा सरकारी निकायहरुले पनि २२औ विश्व आत्महत्या रोकथाम दिवस “आत्महत्या रोकथामबारे संवाद शुरु गरौ,दृष्टिकोण बदलौ “भन्ने नाराका साथमा विभिन्न कार्यक्रमहरु मनाइरहेका छन । आत्महत्या व्यक्ति र परिवारको मात्र नभइ सामाजिक समस्या भएकाले आत्महत्या रोक्नका लागि सवैको एकदमै महत्वपूर्ण भूमिका रहन्छ ।
आत्महत्या भनेको आफ्नो जीवन आफैले थाहा पाएर नै लिने ब्यवहार हो । आत्महत्यालाई यसको प्रकृति अनुसार आत्महत्या र आत्महत्या प्रयास भनी दुई प्रकारको मानिन्छ । आत्महत्या प्रयासको संख्या आत्महत्या भन्दा बढि हुनेगर्दछ । प्रायः एक आत्महत्या हुदाँ २०।३० आत्महत्या प्रयास हुने गरेको पाइएको छ ।
नेपालमा दैनिक औसत १९ जनाले आत्महत्या गर्ने र प्रमुख कारण मानसिक रोग तथा तनाव रहेको प्रहरी अध्ययनले देखाएको छ । आत्महत्या गर्नेमध्ये ३८=८० प्रतिशतमा मानसिक रोग र २७=८० प्रतिशतमा मानसिक तनाव रहेको अध्ययनले देखाएको हो ।
अध्ययनका क्रममा आर्थिक वर्ष ०७८।७९ र ०७९।८० मा देशभर भएका आत्महत्याका घटनाको विश्लेषणका आधारमा मानसिक समस्यालाई प्रमुख कारण देखाइएको छ । अध्ययनको दुई वर्षको अवधिमा १३ हजार सात सय ६६ जनाले आत्महत्या गरेका थिए । ८=२० प्रतिशतले प्रेममा असफलता, आठ प्रतिशतले आर्थिक असफलता, ७=५० प्रतिशतले दीर्घरोग, ४.७० प्रतिशतले लागुऔषध सेवनको प्रभाव तथा २=८० प्रतिशतले मदिराको नसामा आत्महत्या गरेको देखिएको छ । त्यस्तै, अनैतिक सम्बन्धले निम्त्याउने तनावले ०=६०, बेरोजगारी समस्याले ०=२० र शारीरिक अपांगताका कारण ०=०४ प्रतिशतले आत्महत्या गरेको अध्ययनले देखाएको छ । पछिल्लो १० वर्षमा औसतमा तीन प्रतिशतले नेपालमा आत्महत्याका घटना बढेका छन् ।
प्रदेशगत रूपमा आत्महत्या दर बागमतीमा धेरै छ । बागमतीमा दुई वर्षको अवधिमा सात हजार ३२८, कोशीमा सात हजार ११८, लुम्बिनीमा ६ हजार २८१, मधेशमा चार हजार ६०७, गण्डकीमा तीन हजार २७५, सुदूरपश्चिममा दुई हजार ८३० र कर्णालीमा एक हजार ४४९ जनाले आत्महत्या गरेका छन् । अध्ययनले आत्महत्या न्यूनीकरणका लागि मानसिक स्वास्थ्यको प्रवद्र्धन, आत्महत्यासम्बन्धी भ्रमहरू हटाउने, जोखिम संकेतहरू समयमै पहिचान गर्ने, तनाव व्यवस्थापनका लागि तालिम दिनुपर्नेमा जोड दिएको छ ।
आत्महत्या प्रयास गर्नेहरूको संख्या मध्ये १० प्रतिशतले पछि आत्महत्या गर्ने गरेको छ । युवाहरूमा आत्महत्या गर्ने वा प्रयास गर्ने संख्या अन्य उमेर संख्या भन्दा ज्यादै बढि हुने गरेको छ । यसमा पनि किशोरीहरूमा यो संख्या किशोरहरूको अनुपातमा बढी छ । आत्महत्याले ब्यक्तिको निधन मात्र नभई परिवार, विद्यालय वा समुदायमा नै असर पार्दछ ।
मानिसले किन आत्महत्या गर्छन त ।
९० प्रतिशत आत्महत्या मानसिक रोगसंग सम्वन्धित हुन्छन् ।
आत्महत्या गर्ने अधिकांश व्यक्तिमा डिप्रेशन,लागु पदार्थको दुव्यसनी,कडा खालको मानसिक समस्या देखिन्छ ।
मानसिक समस्या भएपछि व्यक्तिले राम्रोसँग काम गर्न सक्दैन।
मानसिक समस्यालाई अझै पनि धेरैले राम्रोसँग बुझन सकेका छैनन ।
मानसिक रोगको समयमै पहिचान हुन नसक्दा पनि आत्महत्याको घटना घटछ ।
आत्महत्या रोक्न सकिन्छ ,उपचार सम्भव छ । मानसिक रोगको उपचार गर्न अहिले पैसाको आवश्यकता पर्दैन । विभिन्न संघ संस्थाले पनि यसको उपचारमा सहयोग गरिरहेको छ ।
असफलता मात्र हुदा पनि मानसिक समस्या देखिन्छ ।
खतरनाक संकेतहरू देखिने अवस्थाहरू
पहिल्यै नै आत्महत्याको प्रयास गरिसकेका छन् भने ।
आत्महत्या बारे अरूसँग कुरा गर्न थालेमा ।
परिवारका सदस्यले आत्महत्या गरेको छ भने ।
मानसिक बिकार छ भने वा उपचार भएको थियो भने ।
परिवारमा मृत्यु भएमा, पारपाचुके भएमा, वा प्रेम असफल भएमा ।
परीक्षामा असफल भएमा ।
सामाजिक रूपले एक्लो भएमा वा एक्लो महशुष भएमा ।
उदासिनताको लक्षणहरू धेरै देखिएमा ।
मृत्यु वा मर्ने बारे बढि तल्लिन हुन थालेमा ।
परिवार वा सामाजिक वातावरणमा हिंसा भएमा र त्यसले प्रभाव पारेमा ।
केही युवाहरूमा आफनो स्वस् प्रतिमा नै नकारात्मक भएमा । जस्तै ः शरीरको बनावटमा असन्तुष्ट भएमा वा तिब्र उदासिनता भएमा ।
आफूले मन पराएको कुराहरू अरूलाई उपहार भनि दिन थालेमा ।
आत्महत्याको सोच भएका व्यक्ति सम्म कसरी पुग्ने
जब कुनै व्यक्तिले म “जीवनसँग आजित भईसके” अथवा “बाँच्नुको कुनै अर्थ नै छैन” भन्छ त्यस्ता व्यक्तिहरुलाई प्राय त्यसै टार्ने गरिन्छ वा अरु अन्य कष्टकर जीवन विताईरहेका व्यक्तिहरुको उदाहरण दिने गरिन्छ । त्यस्ता व्यक्तिहरुको नजिक जान एकदम जरुरी हुन्छ ।
आत्महत्याको सोच भएका व्यक्तिसँग व्यवहार गर्ने तरिका
ध्यानपूर्वक उनीहरुको कुरा सुन्ने र आफू शान्त रहने ।
भावना बुभ्mने, फर्काउने र अनुभूति प्रदान गर्ने ।
व्यक्त गरेका कुरालाई अमौखिक रुपमा स्वीकार गर्ने र आदर गर्ने साथै उ जस्तो अवस्थामा भएता पनि उसलाई स(सम्मान स्वीकार गर्ने ।
सत्य र साचो कुरा बुझ्न खोज्ने ।
आप्mनो स्नेही व्यवहार प्रदर्शन गर्ने ।
अवस्थालाई गम्भीर पूर्वक लिने र जोखिमको मात्रा लेखाजोखा गर्ने ।
सहयोग प्रणाली पत्ता लगाउन सहयोग गर्ने ।
यस्ता उपायहरु लागु गर्दा पनि समस्या बढन थाल्यो भने तुरुन्तै मनोविमर्शकर्ता, मनोविद या मनोचिकित्सकको सहयोग लिने ।मनोविमर्श सेवाले व्यक्तिको मनसँगसम्वन्धित भावनात्मक समस्यालाई व्यवस्थापन गर्न सहयोग मिल्नेछ ।
आत्महत्याको योजनाबारेमा बुझ्ने । जस्तै ः पहिला प्रयास गरेको छ छैन वा के गरी गर्ने योजना बनाएको छ, कहिले गर्ने योजना बनाएको छ आदि ।
आत्महत्याको सोच र योजनाको बारेमा सोध्ने साथै उपयुक्त भए सम्म त्यस्ता सामाग्री हटाईदिने ।
उसका नातेदार तथा नजिकका व्यक्तिहरुलाई खबर गरिदिने । र अन्तमा केहि सीप नलागेमा माथिल्लो तहमा सिफारिस गर्ने ।
आत्महत्याको समस्यालाई कसरी रोकथाम गर्न सकिन्छ ?
आत्महत्याको दरलाई घटाउन प्रयास भएका छन, तर व्यवस्थित रुपमा भएको पाइदैन ।
सरकारले सेवा,निती, बजेट सवैलाई प्राथमिकता दिएर अघि बढनुपर्छ ।
आत्महत्या समस्या रोकथाम गर्न स्थानिय सरकारको प्रमुख भुमिका हुन्छ ।
मानसिक समस्याको मुद्धालाई ३ तहकै सरकारले प्राथमिकता दिनुपर्छ ।
सचेतनाहरु संचालन गर्ने
दिवस या घटनामा मात्रै केन्द्रित भएर मानसिक स्वास्थ्यका कुरा गर्ने होइनकि मानसिक स्वास्थ्यका मुद्धाहरुमाथि सधै छलफल हुन आवश्यक छ ।
लेखक नेपाल महिला सामुदायिक सेवा केन्द्रका वरिष्ठ मनोविमर्शकर्ता हुनुहुन्छ ।