Home / Feature Breaking news / डिभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चार पक्राउ
प्रतिकात्मक तस्वीर

डिभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चार पक्राउ

नेपालस्थित अमेरिकी दूतावासमा इलेक्ट्रोनिक विविधता भिसा (इडिभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका– ८ घर भई हाल महालक्ष्मी– ४  इमाडोल बस्ने ३२ वर्षीया गोमा पाण्डे, सर्लाही लालबन्दी नगरपालिका– १० घर भई हाल महालक्ष्मी– ५ टीकाथली बस्ने २८ वर्षीय अनिलकुमार महतो, झापा अर्जुनधारा नगरपालिका– ८ घर भई हाल ललितपुरको इमाडोल बस्ने ५० वर्षीय गोपालप्रसाद घिमिरे र संखुवासभा खाँदबारी नगरपालिका– ९ घर भई हाल भक्तपुर मध्यपुरठिमी नगरपालिका– ५ बस्ने ४३ वर्षीय सुवास ढकाललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनका अनुसार नेपालस्थित अमेरिकी दूतावासमा इडिभी प्रयोजनका लागि एसइई र १० जाेड २ को नक्कली शैक्षिक प्रमाणपत्र बनाई पेस गरेको भन्ने सूचनाका आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा उनीहरूलाई पक्राउ गरिएको हो।

अमेरिकन राजदूतावासनजिकबाट पक्राउ परेका उनीहरूलाई लिखितसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*