दाङ,३० भदौ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ बर्षिया निर्मला पन्तका हत्यारालाई कारवार्हीको माग गर्दै शनिवार घोराहीमा मौन प्रदर्शन गरिएको छ । अधिकारकर्र्मी, वकिल, पत्रकार,युवाहरुसहितको ¥याली घोराही बजारमा प्रदर्शन गरेका हुन ।
घोराहीको तुलसीपुरचोकवाट शरुभएको ¥यालीले बजारका विभिन्न भागहरुको परिक्रममा गरेको थियो । ¥यालीपछि तुलसीपुरचोकमा समापन गर्दै महिला अधिकारकर्मी लक्ष्मी आचार्यले दोषीलाई कारवार्ही गर्दै पीडित परिवारलाई न्यायका लागि सरकारलाई खवरदारी गर्न अधिकारकर्मीहरु सडकमा आउनु परेको बताइन ।
सरकारले दोषीलाई कारवार्ही नगर्दा अहिले समाजमा सयौ निर्मलाहरु असुरक्षित रहेको भन्दै उनले समाजका निर्मलाहरुको सुरक्षा गर्न राज्यसँग माग गरिन । साथै उनले सरकारले पीडितलाई न्याय दिन ढिलाई गरे दवाफलाई अझ शसक्त रुपमा अघि बढाउने बताएकी थिइन ।
¥यालीमा सहभागीहरुले ‘निर्दोषलाई याताना, दोषीलाई उन्मुक्ति’, ‘चुप लागेर नबसौ,न्याय मर्न नदिऊँ’,‘चुप लागेर बस्दैनौ,न्याय मर्न दिर्र्दैनौ’, ‘सरकारले देखायो लाचारी,त्यसैले हाम्रो खवरदारी ?’,निर्मलाका निम्ति न्याय’लगायतका नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए ।