दाङ, ११ मंसिर । कोरोना डिफेन्स अवार्ड–२०२० बाट दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल काठमाडौंमा सम्मानित भएका छन् ।
फोकस नेपाल संस्थाले कोरोना महामारीको समयमा निजी क्षेत्रबाट सामाजिक क्षेत्रसँगै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पु¥याएको योगदानको मुल्याङकन गर्दै दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष भुसाललाई कोरोना डिफेन्स अवार्ड २०२० बाट सम्मानित गरेको हो ।
दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष भुसाल लामो समयदेखि विभिन्न व्यवसायीक संघसस्थाहरुमा समेत क्रियासिल रहदै आएका छन् । सस्थाले आफ्नो आठै बार्षिक उत्सवका अवसरमा विहिवार एक कार्यक्रमको आयोजना गरि अवार्डबाट सम्मानित गरेको हो ।