Home / Feature Breaking news / पाँचवटा गोली लागेको अवस्थामा भेटिए तुलसीपुरका पौडेल
-प्रतिकात्मक तस्बिर

पाँचवटा गोली लागेको अवस्थामा भेटिए तुलसीपुरका पौडेल

दाङ, ११ मंसिर । पाँचवट गोली लागेको अवस्थामा लसीपुरका एक व्यक्ती फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बराहाखुटी निवासी ४५ बर्षीय खुसलराम पौडेल गोली लागेर गम्भीर घाइते अवस्थामा लमही नगरपालिका वडा नं. ९ च्याउ खोलामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिएका छन् ।

पौडेलको पुठामा ३ वटा र दाहिने खुट्टाको तिघ्रामा थप २ वटा गोलि लागेको अवस्थामा बुधवार राति साढे ९ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत च्याउ खोलामा फेला परेका थिए । प्रहरीले गोली लागेको जानकारी नेपालगञ्ज नरसिंह होमबाट पाएको थियो । घाइतेको बाँकेको नेपालगञ्ज नरसिंह होममा उपचारपछि थप उपचारका लागि भारतको लखनौ लगिएको छ ।

‘घाइते हुनेवित्तीकै छोरालाई फोन गरेछन् । छोराको फोन नउठेपछि गाउँलेलाई फोन गरेर गाउँको सहयोगमा नेपालगंज उपचारका लागि लगियो,’ डिएसपी सिंहले भने–‘ त्यहाँ पुग्दा घाइते बोल्ननसक्ने अवस्थामा थियो । उतैबाट हामीलाई जानकारी आएकाले अनुसन्धानमा गएराति देखिनै खटेका छौ । वास्तविकता अहिलेसम्म पत्ता लाग्न सकेको छैन । ’

प्रहरीले शिकार खेल्न गएको बेला गोली लागेको होकी भन्ने पनि अड्कल काटेको छ । अनुसन्धानका लागि जिल्ला प्रहरी, तुलसीपुर र अमिलिया प्रहरीको टोली घटना स्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*