Home / Feature Breaking news / नारायणपुरमा वडाध्यक्ष कप फुटवल प्रतियोगिता सुरु

नारायणपुरमा वडाध्यक्ष कप फुटवल प्रतियोगिता सुरु

दाङ,१३ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १० को आयोजनामा प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता शुक्रवारदेखि नारायणपुरमा सुरू भएको छ । खेलाडी उत्पादन तथा खेलमा प्रोत्साहन गर्ने उद्धेश्यकासाथ वडा कार्यालयको आयोजनामा टोल विकास संस्था स्तरिय फुटबल प्रतियोगिता सुरू भएको हो ।

प्रतियोगिताको घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्यालले उद्घाटन गर्नुभएको हो । वडा अध्यक्ष चित्रबहादुर डाँगी (निर्मल) को अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्यालको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा घोराही उपमहानगरपालिका ५ का अध्यक्ष विष्णुमणी दाहाल, शिक्षक गंगाराम पोख्रेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।48897900_385063052234744_8464923998277337088_n

वडा सदस्य केशरी विकको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण वडा सचिव थानेश्वर न्यौपानेले गर्नुभएको थियो । प्रतियोगिताको न्यू स्टार फुटबल एकेडेमी नारायणपुरले व्यवस्थापन गरेको छ ।

foot

प्रतियोगिताको पहिलो खेलमा गौरी टोल विकास संस्था र चारबगीया टोल विकास संस्थाविच भएको खेलमा चारवगीया टिम विजयी भएको छ । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि पेनाल्टी सुट आउटमा नतिजा निकालिएको थियो । प्रतियोगितामा डि.एन दाहाल, मनिष पाण्डे र विनोद बि.कले एम्पायरको भूमीका निभाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*