Home / Feature Breaking news / टेम्पो तथा इ–रिक्साका चालकलाई प्रशिक्षण

टेम्पो तथा इ–रिक्साका चालकलाई प्रशिक्षण

घोराही, १४ पुस । सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले घोराहीमा रहेका टेम्पो तथा इ–रिक्साका चालकहरुलाई ट्राफिक ज्ञान बारेमा प्रशिक्षण दिइएको छ । टेम्पो तथा इ–रिक्सा चालकहरुले नै कार्यक्रमको आयोजना गरि प्रहरीले उनिहरुलाई आबश्यक ज्ञानका बारेमा प्रशिक्षण दिएको हो ।

टेम्पो तथा इ–रिक्सा संयुक्त व्यवस्थापन समिति दाङको आयोजनामा घोराहीमा शनिवार चालकहरुलाई ट्राफिक प्रशिक्षण दिईएको हो । समितिका अध्यक्ष कोमल बस्नेतको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीको प्रमुख आतिथ्यतामा प्रशिक्षण दिइएको हो ।

भेलामा उपस्थित भएका टेम्पो तथा इरिक्सा चालकहरुलाई प्रदेश प्रहरी कार्यालयका डिएसपी पुष्प मल्ल, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मदनबहादुर कुँवरले चालकले अपनाउनु पर्ने ज्ञान र आबश्यक कागजपत्रकाका बारेमा जानकारी दिएका थिए ।

टेम्पो तथा इ–रिक्साको गति, सिट क्षमता, घुमाउदा वा अर्को गाडीलाई साईड दिदा कताको बत्ती बाल्ने, गाडीलाई चुस्त राख्ने, तोकिएको स्थानमा व्यवस्थित ढंगले पार्किङ गर्ने र तोकिएको मात्रै भाडा दरलाई कायम गर्ने बिषयमा प्रशिक्षण दिईएको थियो ।

कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन,लोकराज पराजुलीलगायतले टेम्पो तथा इरिक्साले यात्रुहरुलाई सहजता भएपनि बढ्दै गएका टेम्पे तथा इ रिक्साका कारण चुनौति समेत थपेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*