Home / Feature Breaking news / लखन कप फुटबलको उपाधी बडहरालाई

लखन कप फुटबलको उपाधी बडहरालाई

दाङ,८ फागुन । लखन कप फुटबल–२०७८ को उपाधी बडहरा युवा क्लबले जितेको छ । मंगलवार घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थीत खेल मैदानमा भएको फाईनल खेलमा राप्ती गाउँपालिकालाई ४–१ गोलले सहजै पराजित गर्दै दोश्रो पटक लखन थापा कप फुटवल प्रतियोगिताको उपाधी बडहरा युवा क्लवले जितेको हो ।

फाइनल खेलमा उत्कृष्ठ खेल प्रदर्शन गरेको बडहराले पहिलो हाफमै राप्ती गाउँपालिकालाई ३–० ले पछि पारेको थियो । दोश्रो हाफमा एक गोल गरेर खेलमा फर्कने प्रयास गरेपनि बडहराले थप एक गोल गरेपछि खेल १–४ अन्तरले जित्दै प्रतियोगितामा बडहरा बिजयी भएको हो । राप्ती जितसँगै बडहराले नगद एक लाख रुपैयासहित ट्रफि, शिल्ड र प्रमाणपत्र जितेको छ ।

फाइनलमा उत्कृष्ठ खेल प्रदर्शन गर्न नसकेको राप्ती गाउँपालिका उपबिजेता बन्दै ५० हजार नगदसहित शिल्ड, ट्रफि र प्रमाणपत्रमा चित्त बझुाउन बाध्य भएको हो । नेपाल मगर संघ घोराही नगरसमितिको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका १२ वटा टिमहरुको सहभागिता रहेको थियो । फागुनको १५ गते नेपाल मगर संघको केन्द्रीय महाधिवेशनका अवसरमा प्रदान गरिने भएको खेलका प्रचारप्रसार संयोजक प्रेमबहादुर राम्जामगरले जानकारी दिएका छन् ।

प्रतियोगिताको प्रथम पुरस्कार स्वर्गीय गणेशप्रसाद रोकामगरका छोराहरुले स्थापना गरेको अक्षयकोष र दोश्रो हुने टिमलाई पूर्वअध्यक्ष जंगबहादुर पुनले स्थापना गरेको अक्षयकोषबाट पुरस्कार प्रदान गरिने नेपाल मगर संघले जनाएको छ । प्रतियोगिता फागुनको २ गतेदेखि सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*