Home / Feature Breaking news / पुनःस्थापना गृहद्धारा चार सय बढि कुपोषित बालबालिकाहरुको निशुल्क उपचार

पुनःस्थापना गृहद्धारा चार सय बढि कुपोषित बालबालिकाहरुको निशुल्क उपचार

लिलाधर वली
दाङ, २६ असोज
पोषण पुनःस्थापना गृह घोराहीले चार बर्षको अवधिमा चार सय कुपोषित बालबालिकाहरुको निशुल्क उपचार गरेको छ । कुपोषित बालबालिकाहरुको निशुल्क उपचार गर्ने उद्देश्यले २०७० साल फागुन ११ गते राप्ती  उपक्षेत्रीय अस्पताल अन्तर्गत घोराहीमा स्थापना भएको पोषण पुन।स्थापना गृहले गत असारसम्म चार सय दुई जना कुपोषित बालबालिकाहरुको निशुल्क उपचार गरेको जनाएको छ ।

जसमा दुई सय तीन जना बालिका र  एक सय ९९ जना बालकहरु रहेका छन । आर्थिक बर्ष २०७०÷०७१ मा ५४ जना, ०७१÷०७२ मा १ सय ५५, ०७२ ÷०७३ मा ७७ जना र ०७३÷०७४ मा १ सय १६ जना कुपोषित बालबालिकाहरुको निशुल्क उपचार गरेको पोषण पुन।स्थापना गृह घोराहीकी व्यवस्थाक लक्ष्मी गैरेले जानकारी दिइन ।

उपचार लिएका मध्य  सवैभन्दा धेरै सात महिनादेखि २४ महिनासम्मका बालबालिकाहरु कुपोषण देखिने गरेको  व्यवस्थापक गैरे बताउछिन । आमाहरुले बालबालिकाहरुलाई उमेर अनुसार वृद्धिको लागि  खाना खुवाउने अवस्थामा बारे अधिकांश आमाहरुमा ज्ञान नहुँदा जिल्लामा कुपोषणको अवस्था देखिने गरेको छ ।

जसमा सात महिनादेखि २४ महिनासम्मका बालबालिका संङख्या ५० प्रतिशत अर्थात दुई सय ५१ जनामा रहेको छ । त्यस्तै २५ महिनादेखि पाँच बर्षसम्मका ६९ जना, ६ महिनासम्मका ३८ जना र पाँच बर्षदेखि १४ बर्षसम्मका ४४ जना कुपोषित बालबालिकाहरुले सेवा लिएको गैरले जानकारी दिईन ।

कुपोषित बालबालिकाहरु मध्य अधिकांसको अवस्था शीर्घ कुपोषित ९कुपोषणको जोखिम अवस्था० हुने गरेको छ । पोषण पुनंस्थापना गृहका अनुसार हालसम्म सिर्घ कुपोषित दुई सय १७ जना, मध्यम कुपोषित एक सय ४९ जना र निम्म कुपोषित ३६ जना कुपोषित बालबालिकाहरुले उपचार लिएका छन ।

यसरी बालबालिकाहरु कुपोषित हुनुको मुख्य कारण बालबालिकाहरुलाई आमाहरुले खाना खवाउन नजानेर नै हुने गरेको व्यवस्थापक गैर बताउछिन । आर्थिक रुपमा विभिन्न परिवारमा आर्थिक अभावका कारण बच्चाबच्चीहरुले पोषिलो खाने कुरा नपाएका कारण बालबालिकाहरु कुपोषित हुने गरेपनि अधिकांस बालबालिकाहरु समयमा खाना नपाउदा कुपोषित हुने गरेको उनले बताईन ।

  ‘ग्रामिण क्षेत्रमा कतिपय आमाहरुलई बच्चालाई खुवाउनुपर्ने अवस्थाका बारेमा जानकारी नहुनका साथै घरको कामले गर्दा आमाहरुले बच्चाहरुलाई दुधसँगै बच्चाकालागि आवश्यक जाउलो, लिटोलगायतका अन्य पोष्टिक खानेकुराहरु खुवाउन नभ्याउदा बच्चाहरु कुपोषित हुने गरेका छन ।’ उनले भनिन्– ‘शहरी क्षेत्रमा भने आर्थिक अभाव भन्दापनि आमाहरुको हेल्चक्राईका कारण बच्चाहरु कुपोषित हुने गरेका छन ।’

त्यसका लागि गृहले बच्चाहरुको उपचारसँगै कसरी पोसिलो खानेकुरा खुवाउने भन्ने बारेमा समेत सचेत गराउने गरेको बताईन । बालबालिकाहरुलाई कुपोषण हुनवा कसरी बचाउने भन्ने अधिकांस आमाहरु नहुदा आर्थिक रुपमा विभिन्न समुदायका बालबालिकाहरु बढि कुपोषण देखिने उनले बताईन । त्यस्ता बालबालिकाहरुलाई कुपोषणको अवस्था हेरेर कम्तीमा १५ देखि एक महिना राखेर उपचार गर्ने गरेको छ ।

सामान्यतह बजारी क्षेत्रका बालबालिकाहरुमा पनि कुपोषण देखिने गरेपनि अधिकांस कुपोषित बालबालिकाहरु  चौधरी,दलित समुदायमा हुने गरेका व्यवस्थापक गैरेले बताईन । त्यससँगै विकट ग्रामिण क्षेत्रका बालबालिकाहरुमा कुपोषणको अवस्थाम  बढि देखिने गरेको पोषण पुनस्थापना गृहले जनाएको छ ।

त्यस्ता कुपोषित बालबालिकाहरुलाई आफुले पोषण पुनस्थापना गृहमा बच्चाको उपचार गर्दै आएको उनको भनाई छ । ‘बच्चाको स्वास्थ्य जाचसँगै बच्चाको उमेर हाइट अनुसार तौल छ कि छैन भन्ने पत्ता लगाएर उपचार गर्ने गरेका छौँ।’–व्यवस्थापक गैरेले बताईन–‘सामान्य विरामी बालिबाहरुलाई उपचारसँगै उनीहरुलाई भटमास,गहु,मकैलगायतका गेडागुडीवाट बनेको सर्वोत्तम पिठोको लिटोसँगै दिनमा दुध,फलफुल र प्रत्येक हप्ता मासु समेत खुवाउने गरेका छौँ ।’

उपचारमा गरेर घर फर्किएका मध्य अहिलेसम्म पुन फेर चार जना बालबालिकाहरु मात्र फर्किएको उनले बताईन । पोषण पुनस्थापना गृहमा दाङसहित सल्यान, रोल्पा, रुकुमसँगै अन्य जिल्लाबाट समेत बालबालिकाहरु आउने गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*