Home / Feature Breaking news / दाङ महिला जेसीजद्वारा रक्तदान

दाङ महिला जेसीजद्वारा रक्तदान

दाङ,१९ असोज । दाङ महिला जेसीजकोे सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोश्रो दिन रक्तदान कार्यक्रम भएको छ । दोश्रो दिन सोमबार घोराहीमा रहेको रक्त संचार केन्द्रमा रक्तदान गरेका हुन ।

दाङ महिला जेसीजकी अध्यक्ष जीवा भुषालको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाालको प्रमुख आतिथ्यता एव रक्त संचार सेवा केन्द्र घोराहीका इन्चार्ज दिलिप न्यौपानेको विशिष्टि आतिथ्यतामा कार्यक्रम भएको हो । उक्त कार्यक्रममा १५ जनाले रक्तदान गरेका थिए ।

रक्तदान गर्नेहरुमा सुशीला पौडेल, बिमला शर्मा, संगीता गिरी, जुनु बुढा, बिनभ देवकोटा, शम्भु गौतम, निमकुमारी सुनार, गोपाल विक, कल्पना विक, निर्मला न्यौपाने,रमेश रोका, प्रिंयका आचार्य, रिमा पौडेल, प्रदीप भुषाल र ममता विष्टले रक्तदान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रम्ुख अतिथि भुसालले रक्तदान मानविय सेवाको सवैभन्दा ठुलो सेवाको काम भएको बताएका थिए । उनले सामाजिक सेवाको कार्यक्रमहरुम जेसीजलाई लाग्न समेत सझुाव दिएका थिए ।

कार्यक्रम संयोजक निमा सुनारको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको कार्यक्रममा दिलु मल्लले आस्थापाठ गराएकी थिइन । कार्यक्रमको बारेमा मूल संयोजक एवं कार्यकारिणी उपाध्यक्ष नारायणी भण्डारीले जानकारी गराएकी थिइन भने कार्यक्रमको सहजीकरण महासचिव संगीता गिरीले गरेकी थिइन ।

महिला जेसीजले सप्ताहव्यापी कार्यक्रमको तेश्रो दिन २० गते मंगलवार घोराही उपमहानगरपालिकामा शारीरिक अपाङ्ग तथा विपन्न परिवारलाई सहयोग गर्ने कार्यक्रम रहेको महिला जेसीजले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*