Home / Feature Breaking news / कांग्रेस र जनप्रतिनिधीबीच सहकार्य आवश्यक

कांग्रेस र जनप्रतिनिधीबीच सहकार्य आवश्यक

घाेराही, २६ साउन
नेपाली काग्रेस क्षेत्र न २ प्रदेश ‘क’ को आयोजनामा बुधवार घोराहीमा अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ । नेपाली काग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमीती दाङ क्षेत्र न २ क दाङका सभापती प्रकास श्रेष्ठको अध्यक्षता एव नेपाली काग्रेस लुम्वीनी प्रदेशका सहमहामन्त्री खगराज पान्डेको प्रमुख आतीथ्यमा सम्पन्न कार्यक्रममा बाेल्ने वक्ताहरुले मंसीर ४ मा हुने प्रदेश तथा संघीय निवार्चनमा पार्टीलाइ बलीयो बनाउनुपर्नेमा जोड दिएका थिए ।                                                                                                 सहभागी वक्ताहरुले भरखरै सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचीत भएका जनप्रतीनीधहरुले पार्टीसंग समन्वय र सहकार्य गर्दै जनताका काममा सहजीकरण गर्दै अगाडी बढनुपर्ने वताएका छन् । कतीपय जनप्रतीनीधीहरु पार्टीको समन्व्य र सहकार्यमा उदासीन हुनु दुखद भएको बताउदै काग्रेसलाइ वलीयो बनाउन र जनपक्षीय काम गर्न पनि जनप्रतीनीधी र पार्टीविच समन्वय र सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापती शंकर प्रसाद डागी, नेपाली काग्रेस महासमीति सदस्य भुपबहादुर डाँगी, नेपाली काग्रेसका महासमीति सदस्य शुशीला थापा र गोमा रावत, लुम्वीनी प्रदेश सदस्य पुस्पा श्रेष्ठ र जानका के.सी, लुम्बीनी प्रदेशका प्रवक्ता प्रचण्डविक्रम न्यौपाने , क्षेत्रीय कोषाध्यक्ष गोपाल भुसाल, घाेराही नगर सभापति तिलक रावत लगायतले व्यक्ती भन्दा माथी उठेर पार्टीका लागी सबै एक हुनुको विकल्प नरहेको बताएका थिए ।                                                                        वक्ताहरुले लोकतन्त्र प्रजातन्त्र र समाजवाद नेपाली काग्रेसको मुल मर्म रहेको बताउदै यो मर्मका लागी पनि व्यक्तीगत तीक्तता भुलेर आगामी निर्वाचनमा पार्टीका उम्मेद्वारलाई जिताउन र काग्रेसलाइ पहीलो पार्टी वनाउन अगाडी बढाउनेपर्ने सहभागीकाे भनाई थियाे । कार्यक्रममा विभीन्न वडाबाट निर्वाचीत भएका जनप्रतीनीधहरुले पार्टी र जनप्रतीनीधीबीच सुमधुर सम्बन्ध र सहकार्य हुनुपर्ने भएपनि त्यसो हुन नसक्नु दुखद् भएको बताउदै यसमा पार्टीले समन्वयकारी भुमीका निवार्ह गर्नुपर्ने वताउनु भयो । आफूहरु जनताको काममा लागेको वताउदै पार्टीको निर्देशन मान्न आफुहरु तयार रहेको वताउनु भएको छ ।

सचिव माया पाेख्रेलकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमको सहजीकरण सचिव शीशीर अधिकारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*