Home / समाचार / गरिमा बैंकको ७५ औँ शाखा तुलसीपुरमा स्थापना

गरिमा बैंकको ७५ औँ शाखा तुलसीपुरमा स्थापना

जीतसागर जि.एम.
तुलसीपुर, २४ चैत । गरिमा विकास बैंकले दाङको तुलसीपुरमा पनि शाखा स्थापना गरको छ । दाङसहित देशभर शाखा विस्तार गरको बैंकले तुलसीपुरमा ७५ औँ शाखा स्थापना गरेको हो ।

बैंकले आईतबारदेखि आर्थिक कारोबार शुरु गरेको बैंकका तुलसीपुर शाखा प्रवन्धक दिपिन डोटेलले जानकारी दिए । बैंकले बचत, कर्जा, इन्टरनेट बेंकिङ, सि—आस्वा, मोबाईल बैंकिङ लगायतका सेवा प्रदान गर्ने प्रबन्धक डोटेलले बताए ।

ggg

बैंकले तुलसीपुर शाखाबाट एटिएम सेवा प्रदान गर्ने भएको छ । तुलसीपुर शाखामा तीन जना स्थानियलाई रोजगारी प्रदान गरेको र अरु पनि स्थानियलाई रोजगारी प्रदान गर्ने उनले जानकारी दिए ।

काठमाण्डौको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले दाङमा घोराही र तुलसीपुरमा शाखा स्थापना गरेको हो । बैंकले ग्रामीण भेगका धेरै भन्दा धेरै नागरिकलार्इ बैंकिङ कारोबारमा जोड्ने र सेवालाई बिस्तार गर्दै लैजाने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*