Home / Feature Breaking news / चितुवाको छालासहित पक्राउ परेका २ जना सार्वजनिक (अपडेट)

चितुवाको छालासहित पक्राउ परेका २ जना सार्वजनिक (अपडेट)

घोराही, १ भदौ
चितुवाको छाला सहित पक्राउ परेका दुईजनालाई दाङ प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले चितुवाको सिंङ्गो छालासहित पक्राउ परेका २ जनालाई आज पत्रकार सम्मेलन गरेर सािर्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा तुलसिपुर उपमहानगरपालिका वडा नं ३ राम्रिका तोमप्रसाद सापकोटा र कपुरकोट गाउँपालिका वडा नं ६ सल्यानका रुपलाल बोहोरा रहेका छन् । वन्यजन्तुको छाला ओसारपसार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङको विशेष टोलीले पक्राउ गरेको प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिनुभयो ।

तोम प्रसाद सापकोटाको घरबाट टाउको देखी पुच्छर सम्मको लम्बाई ७ फिट १० ईन्च अगाडिको २ वटा खुट्टाको चौडाई ४ फिट १ ईन्च, पछाडिको २ वटा खुट्टा समेतको लम्बाई ४ फिट ६ ईन्च र बिचको भागको लम्वाई २ फिट १ ईन्च भएको चितुवाको जस्तो देखिने वन्यजन्तुको छाला सहित पक्राउ गरीे हिरासतमा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*