Home / Feature Breaking news / हरेक दिन राहत वितरण, वाढीपीडितको स्वास्थ्य परिक्षण

हरेक दिन राहत वितरण, वाढीपीडितको स्वास्थ्य परिक्षण

तुलसीपुर, १ भदौ
तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा गठित मेयर विपद व्यवस्थापन कोष मार्फत विभिन्न संघसस्थाहरुले वाढीपीडितहरुलाई राहत वितरण गरेका छन् । एकद्वारप्रणाली मार्फत राहत वितरण गर्ने उद्देश्यले गठित कोषले तुलसीपुर १३ रनियापुर, अम्वापुर र दमारगाउँका ४२ घर परिवारलाई राहत वितरण गरेको थियो ।

इन्लासे नेपालको सहयोगमा वाढीपीडितहरुलाई सिरक, तन्ना, पिफर्म,झुल लगायतको राहत सामग्री वितरण गरिएको थियो । इन्लासे नेपालका केन्द्रीय अध्यक्ष श्याम साहुले आवश्यकता अनुसार फेरि पनि सहयोग गर्ने वताएका थिए । सो अवसरमा वोल्दै कोषका संयोजक घनश्याम पाण्डेले वाढीपीडितलाई सहयोग जुटाउन आफु कटिवद्ध भएर लागेको समेत वताएका थिए । उनले नक्कली वाढीपीडित वनेर सहयोग लिएको पाइएमा कारवाही गर्ने समेत चेतावनी दिएका थिए ।

ghanshyam

स्नेह केन्द्र सञ्चालनमा
यसैगरि महिला मानव अधिकार रक्षक सञ्जालले वाढीपीडित गर्भवति तथा सुत्केरीहरुलाई सुरक्षित आवास, पोषण, लुगा , औषधि उपचार र मनोसामाजिक सहयोग गर्नका लागि स्नेह केन्द्र सञ्चालनमा ल्याएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले केन्द्रको उद्घाटन गर्दै गर्भवती र सुत्केरी महिलाहरुको स्वास्थ्यलाई ख्याल गरेर केन्द्र सञ्चालनमा ल्याएको वताउनु भएको थियो । कार्यक्रम संयोजक तुलसा गिरीले केन्द्रका वारेमा जानकारी गराउनु भएको थियो । सञ्जालकी अध्यक्ष सुष्मा गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दिपा धितालले गर्नुभएको थियो ।

वाढीपीडितलाई स्वास्थ्य शिविर
वाढीपीडितहरुलाई रोगको प्रकोप नफैलियोस् भनेर तुलसीपुर उपमहानगरपालिकाको संयोजन र राप्ती अन्चल औषधि व्यवसायी संघको सहयोगमा वाढी प्रभावित क्षेत्र तुलसीपुर १३ रनियापुरमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा ५१ महिला सहित ८९ जनाको स्वास्थ्य जाँच डा. अरविन्द भुषाल र डा. सुनिल खनालले गर्नुभएको थियो ।

आँगनमै स्वास्थ्य जाँच गराउन पाउदा पीडितहरुले राहतको महसुस गरेका थिए । शिविरमा आएका पीडितहरुलाई सामान्य रुघाँ खोकी , पेट दुख्ने , भाइरल फिवर लगायतका सामान्य रोग लागेको र उनीहरुलाई औषधि समेत दिइएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य शाखाका वसन्त कुमार आचार्यले वताउनु भयो ।

स्वास्थ्य शिविरमा राप्ती अञ्चल औषधि व्यवसायी समिति अध्यक्ष भुवनेश्वर वुढाले औषधिको व्यवस्थापन गर्नुभयको थियो । वाढीपीडितहरुले आपत्कालिन रुपमा उपचार गर्नुपरेमा स्वास्थ्य चौकीमा औषधिको निशुल्क व्यवस्थापन गरिएको पनि उहाँले वताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*