Home / Feature Breaking news / लागुऔषध सहित दाङमा ११ जना पक्राउ

लागुऔषध सहित दाङमा ११ जना पक्राउ

दाङ,१ असोज ।

दाङ प्रहरीले एक महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानबाट ११ किलोग्राम बढि लागुऔषध ११ जनालाई पक्राउ गरेको छ ।

जिल्लामा लागुऔषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले एक महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानबाट लागुऔषध सहित ११ जनालाई पक्राउ गरेको हो ।

जसमा सवैभन्दा धेरै ८ किलो पाँच सय ग्राम लागुऔषध चरेशसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक जनक भट्राईले जानकारी दिएका छन ।

त्यस्तै प्रहरीले तीन किलो तीन सय ग्रामसहित एक जना र सात सय ग्राम २१० मिलिग्राम ब्राउनसुगरसहित सात जना अभियुक्तहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख भट्राईले जानकारी दिए ।

जिल्लामा लागुऔषध दुव्यर्सनीलाई निरुत्साहित गर्न प्रहरीले जोड दिएपछि पछिल्लो समय धेरै पक्राउ परेको उनले बताए । पक्राउ पर्नेमा अधिकांस लागुऔषधका भरिया हुने गरेको समेत उनले बताए ।

प्रहरीले लागुऔषध नियन्त्रणका लागि एक महिनाका अवधिमा गरेको कार्यहरुको पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*