Home / Feature Breaking news / व्यवसायीहरुलाई लेखा सिकाउदै तुलसीपुर उवासंघ

व्यवसायीहरुलाई लेखा सिकाउदै तुलसीपुर उवासंघ

तुलसिपुर, १९ साउन
तुलसिपुरका ब्यबसायिहरु आफ्नो व्यवसाय व्यवस्थित बनाउनकालागि एक दिने लेखा तालिममा सहभागी भएका छन । तुलसिपुर उधोग बाणिज्य सङघले आफु मातहतमा रहेका किराना तथा अन्य ब्यकसायिहरुलाई जिल्लाका ठुला लेखा परिक्षकहरुलाई सहभागी गराएर तालिम तथा अन्तक्र्रियामा सहभागी बनाएको छ ।

पहिलो चरणमा ५० लाख भन्दा कम कारोबार गर्ने झण्डै एक सय बढि किराना ब्यबसायिहरुलाई सनिवार आफ्नै सभाकक्षमा लेखा सम्बन्धि अभिलेख तथा आएकर र भ्याटको हिसाब कसरी राख्ने भन्ने बारेमा व्यवसायीहरुले तालिम लिएका छन् । कार्यक्रममा प्रमुख प्रशिक्षक दाङ जिल्ला अडिटर एशोसिएसनका अध्यक्ष रमेश केसिले व्यवसायीहरुको सीप थप अभिबृद्धि गर्न आपूmले सहयोग गरेको बताएका छन् ।

उनले करमा भएको परिवर्तन सम्बन्धि जानकारी समेत ब्यबसायिहरुलाई दिएका छन । कार्यक्रममा अर्का प्रशिक्षक अडिटर ललित बहादुर घर्तीले व्यवसायीहरुलाई अलि चनाखो भएर हिसाब राख्न समेत सुझाव दिएका छन । उनले सानो गल्तीका कारण ब्यबसायिहरु अनावश्यक झमेला खेप्नु परेको उदाहरण दिदै लेखा सम्बन्धि जानकारी आफुलेपनि अनिवार्य रुपमा लिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा बाणिज्य सङघका अध्यक्ष बिरबहादुर रावतले आफुहरुले सबैलाई समेटने गरि आगामि दिनमा समेत लेखा सम्बन्धि तालिम क्रमशः सञ्चालन गर्दै जाने बताउनु भयो । कार्यक्रमको सहजिकरण महासचिव रुपबहादुर खत्रीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*