Home / Feature Breaking news / धर्नाको विकट बस्ती बसेरी खोलामा स्वास्थ्य शिविर

धर्नाको विकट बस्ती बसेरी खोलामा स्वास्थ्य शिविर

हिराबहादुर के.सी

दाङ, ७ चैत ।

घोराही उपमहानगरपालिका वडा नं. ५ को विकट बस्ती बसेरी खोलामा स्वास्थ्य शिविर गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. ५ वडा कार्यालयको आयोजनामा तथा स्वास्थ्यचौकी धर्नाको व्यवस्थापनमा स्वास्थ्य शिविर गरिएको हो । स्वास्थ्य शिविरमा स्थानीय ६७ जनाले स्वास्थ्य सेवा लिएका थिए । स्वास्थ्य शिविरमा ज्वरो आउने, टाउको , पेट दु.ख, महिलाहरुको सेतोपानी बग्ने, तल्लो पेट दु.ख,घाँउ चोट पटकलगायतका विभिन्न प्रकारका विरामीहरुको स्वास्थ्य शिविरमा उपचार गरिएको स्वास्थ्यचौकी धर्नाका इन्चार्ज सिता डिसीले जानकारी दिइन ।

शिविरमा ज्वरो आउने, टाउको , पेट दु.ख, महिलाहरुको सेतोपानी बग्ने, तल्लो पेट दु.ख,घाँउ चोट पटकका विरामीहरुको चेकजाचसँगै विरामीहरुलाई औषधी वितरण गरिएको थियो । त्यस्तै चेकजाचका क्रममा बढि समस्या भएका विरामीहरुलाई घोराही जान सल्लाह दिइएको थियो । स्वास्थ्य शिविरमा हात्तिफाइलेका रोगको औषधि समेत खुवाइएको थियो । विरामीहरुको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रम्ु्ख नारायण घर्ति, स्वास्थ्य चौकी धर्नाका इन्चार्च सिता डिसी, स्वास्थ्यकर्मी गायत्री बस्नेतले विरामीहरुको स्वास्थ्य चेकजाच गरेका थिए ।

bisnu

उनका अनुसार स्वास्थ्यचौकीवाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सेवा शिविरवाट स्थानीय जनताहरुलाई प्रदान गरिएको थियो । भौगोलिक विकटता कारण स्वास्थ्य सेवावाट बञ्चीत भएका स्थानीयलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले वडा कार्यालयले पहिलो पटक विकट बस्तीमा स्वास्थ्य शिविरको आयोजना गरेको घोराही उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष बिष्णुमणि दाहालले जानकारी दिए । करिव ४० घरपरिवार रहेको उक्त बस्तीमा सडक सुविधा नहुदाँ करिव तीन घण्टा पैदल हिडेर प्राथमिक स्वास्थ्यका लागि धर्ना या मुसोट खेला आएर लमही र घोराही जानुपर्ने बाध्यता रहेको छ ।

वडाध्यक्ष बिष्णुमणि दाहालको अध्यक्षता तथा घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले बसेरीवासीहरुलाई आधारभुत स्वास्थ्य सेवा सहज रुपमा उपयोग गर्ने बातावरण बनाउन वडा कार्यालयले ध्यान दिनुपर्ने बताएका थिए । भौगालिक विकटताका कारण स्थानीय ज्वरो, टाउको दु.खदा समेत घण्टौ हिडेर घोराही वा लमही जानुपर्ने बाध्यता रहेको भन्दै उक्त समस्या हटाउन गाउँमा महिला स्वास्थ्य स्वयमसेविकाको व्यवस्था गरिदिनसमेत आग्रह गरेका थिए । साथै उनीहरुले बसेरी खेलासम्म सडकको व्यवस्था गरिदिन आग्रह गरेका थिए ।

sibir

कार्यक्रममा वडा सदस्य फत्तेबहादुर केसी, नेपाल पत्रकार महासघका कोषाध्यक्ष आरके शितल, स्थानीय तुलसीराम पुनलगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण वडा सचिव लक्ष्मण अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*