Home / Feature Breaking news / दाङ देउखुरी जिल्ला अदालतमा भिडियो कन्फ्रेन्सबाट सेवा सुरु

दाङ देउखुरी जिल्ला अदालतमा भिडियो कन्फ्रेन्सबाट सेवा सुरु

घोराही, ५ चैत

जिल्ला अदालत दाङले भिडियो कन्फ्रेन्सबाट न्यायीक सेवा दिन सुरु गरेको छ । सेवाको मंगलवारदेखी सुरु गरिएको छ । सेवाको उच्च अदालत तुलसिपुरका मुख्य न्यायधिश नहकुल सुवेदीले उद्घाटन गरेका हुन् । दाङ देउखुरी जिल्ला अदालतले आज मंगलवारदेखि उक्त व्यवस्था सुरु गरेको हो । मुलुकी फौजदारी कार्य्विधि संहिता २०७४, मुलुकी देवानी

कार्य्विधि संहिता २०७४ मा आरोपित व्यक्ति, कारागारमा रहेको व्यक्ति वा अदालतले बयानका लागि बोलाएको व्यक्तिले भिडियो कल मार्फत हिरासतबाटै बयान दिन सक्ने व्यवस्थाको कार्यान्वयन गर्न थालिएको अदालतको भर्नाइ छः ।

पहिलो दिन जिल्ला प्रहरि कार्यालय दाङमा रहेका एक बन्दीको भिडियो कन्फ्रेन्सबाट म्याद थप गरिएको छ । यो सेवाले म्याद थप जस्ता प्रकृयागत न्यायीक सेवाका लागी कैदि बन्दीलाई अदालतमै पु¥याउनु पर्ने बाध्यताको अन्त्य हुने अदालतले जनाएको छ । हिरासतमा रहेका मान्छेहरुको म्याद थप गर्ने, बयान गर्ने, सोधपुछका साथै ईन्ट्राकोड संवाद पनि गर्न सहज हुने जिल्ला अदालतका न्यायधिश हेमन्त रावलले जानकारी दिए ।

जिल्ला भित्र रहेका प्रहरिका युनिटमा पनि आबश्यक उपकरणहरु राखि अदालतसँग भिडियो कन्फ्रेन्सबाट काम गर्न सक्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरि कार्यालय दाङले जनाएको छ । देशभरका जुनसुकै प्रहरि युनिटसँग भिडियो कन्फ्रेन्सकै माध्यमबाट न्यायीक काम गर्न सक्ने अबस्थामा अदालत पुगेको दाङ देउखुरी जिल्ला अदालतले जानकारी दिएको छ ।

कार्यक्रममा पाँच नम्बर प्रदेश प्रहरी प्रमुख पिताम्बर अधिकारी, प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, जिल्ला प्रहरी प्रमुख बेलबहादुर पाण्डे, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सविन प्रीयासनले मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*