Home / समाचार / वडा कार्यालयलाई नारायणपुर खानेपानीद्वारा खाद्यान्य हस्तान्तरण

वडा कार्यालयलाई नारायणपुर खानेपानीद्वारा खाद्यान्य हस्तान्तरण

नारायणपुर, २४ चैत

विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड­१९) को संक्रमण फैलिरहेको समयमा नेपालमा पनि विगत १४ दिनदेखी लकडाउनमा छ । कोरोनाको संक्रमण नफैलियोस् भनेर सरकारले चैत ११ गतेदेखी लकडाउन घोषणा गरेको हो ।

यो समयमा मजदुरी गर्ने समुदायका व्यक्तीहरु बढि मारमा परेका छन् । मजदुरी गरेर विहान बेलुकाको छाक टार्ने व्यक्तीहरुलाई कठीनाई बढ्दै गएपछि स्थानीय सरकार पनि उनीहरुलाई राहत प्रदान गर्नमा जुटेका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० पनि यो अभियानमा जुटेको छ । वडाले वडाभित्र रहेका न्यून आयस्तर भएका र लकडाउनको समयमा छाक टार्न समस्यामा रहेका व्यक्तीहरुलाई सहयोग गरिहेको छ । उनीहरुलाई खाद्यान्य लगायत अत्यावश्यक वस्तुहरुको वितरण गरिरहेको छ ।

यसैक्रममा वडा कार्यालयको राहत वितरण कार्यक्रममा नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिले पनि सहभागिता जनाएको छ । समितिले सोमवार वडा कार्यालयलाई २५ हजार रुपैया बराबरको खाद्यान्य सामाग्ी हस्तान्तरण गरिउको अध्यक्ष कुलप्रसाद रजौरे(श्रवण)ले जानकारी दिनुभयो ।

वडा कार्यालयको राहत वितरण कार्यक्रममा सहयोग होस् र एकद्वार प्रणालीबाट राहत वितरण गर्दा प्रभावकारी हुने भएकाले वडा कार्यालयलाई खाद्यान्य हस्तान्तरण  गरिएको रजौरेले बताउनुभयो । आगामी दिनमा छिमेकी अन्य वडाहरुमा पनि सहयोग गरिने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*