Home / समाचार / पार्टीभित्र विवाद चुलिएपछि नेकपाले बोलायो सचिवालय बैठक

पार्टीभित्र विवाद चुलिएपछि नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले सचिवालय बैठक आह्वान गरेको छ ।

चिकित्सा सामग्री खरिद्मा अनियमिता र कोरोना रोकथामका लागि सरकारको प्रयास फितलो भएको भन्दै सचिवालय सदस्यले बैठक माग गरिरहेका थिए ।

पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाललाई बैठक बोलाउन दबाब दिएका थिए । अध्यक्षद्वयबीच परामर्श नभएकाले प्रचण्डले बैठक आह्वान गर्न सकेका थिएनन् ।

मंगलरबार अपराह्न ४ बजे बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

“भोलि अपराह्न ४ बजेका लागि बैठक कल भएको छ,” उनले भने ।

मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*