Home / Feature Breaking news / सरसफाईमा विद्यार्थीः पोल–पोलमा डस्बीन

सरसफाईमा विद्यार्थीः पोल–पोलमा डस्बीन

दाङ, २० साउन
घोराही स्थित एक विद्यालयले वातावरण सफा राख्न पोलमा डस्वीन राख्न सुरु गरेका छन् । घोराही उप महानगरपालिका वडा नम्वर १८ स्थित लिटिल एण्जल विद्यालयले आफनो विद्यालय नजिक रहेका टोलहरुका पोलमा फोहोर राख्न डस्वीन राख्न सुरु गरेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले व्रिटीस काउन्सिल नेपालको सहयोगमा पोलमा डस्वीन राख्न थालेको विद्यालयका प्रिन्सीपल यादव गिरीले जानकारी दिए । विद्यार्थीहरुले विद्यालय नजिकै रहेका ४ वटा टोलविकास संस्थाहरुमा रहेको विद्युत पोलमा डसविन राख्ने जानकारी गिरीले बताए ।

2उनका अनुसार विद्यार्थीहरुले विद्यालय नजिकै रहेका उच्च टोलविकास संस्था, त्रिमुति टोलविकास संस्था, फुर्सेखाली टोल विका संस्था (ख) र श्रृजनशील टोल विकास संस्थामा डस्वीन राख्ने छन् । वाटोमा हिडने मानिसहरुले फोहोर जताततै नफालेर डसविनमा राखेर वाटोमा सफाई राख्न सहयोग मिलोस भन्ने उदेश्यले डसविन राख्न थालिएको विद्यालयले जनाएको छ । गिरीले भने ‘विद्यार्थीहरु वातावरण सफाई राख्नकालागि टोलविकास संस्थाहरु संग सहकार्य गरेर अगाडि वढन चाहन्छन ।’

विद्यार्थी विपना पाण्डेले वाटोमा हिदा वाटोमा फोहोर नगरी डसविनमा राख्नु पर्ने बताईन । उनले भनिन‘ हामीले आफै फाहोर गदै हिड्छौ त्यसलाई सुधार गनुपर्छ । ’ कतिपयले वाटोमा फोहोर भएपनि नदेखेको जस्तै गरी हिडने गरेको उनको भनाई छ । सवै मिलेर फोहोर व्यवस्थापन गर्न लाग्नु पर्ने वताईन् । उनले भनीन्–‘ सवैको सहयोगले मात्र सफाइ राख्न सक्दछौ, यसकालागि सवैमा परिवर्तन आउन आवश्यक छ ।
विद्यालयका विद्यार्थीहरुले विद्यालय परिसर तथा बाटोको सरसफाई निरन्तर रुपमा गर्ने गरेका छन् । विद्यालयले टोलमा रहेका पोलमा डसविन राख्ने कार्यको शुक्रवारवाट सुरु गरेको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरीसुरु आत गरीएको थियो । पहिलो दिन उनीहरुलाई उच्च टोलमा २० वटा पोलमा डसविन राखेका थिए ।

त्यस अवसरमा विभिन्न टोल विकास संस्थाका अध्यक्ष, विद्यालयका शिक्षकहरु, पत्रकारहरु, विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो । क्रमशः अन्य टोलमा समेत राखीने विद्यालयले जनाएको छ । कार्यक्रममा बोल्दै श्रृर्जनशिल टोल विकास संस्थाका अध्यक्ष यमप्रसाद खरेलले सवैको सहयोग भएमा मात्र सरसफाई अभियानलाई अगाडि वढाउन सकिने बताए ।

उनले विद्यालयहरुको वीचमा रहेको बध गर्ने स्थान ज्याँदै फोहोर रहेको बताए । यसलाई सुधार गर्नेकालागि ३५ दिनको म्याद दिएको र सफाईमा सुधार नआए त्यस स्थानवाट हटाउन पहल थालिने बताए । यसका वारेमा घोराही उप महानगरपालिका, वडा कार्यालय लगायतलाई जानकारी समेत गराएको बताए ।

विद्यार्थी सुलोचना विकको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण सन्देश वि एम र यमुना कुवरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*