Home / Feature Breaking news / सहकारीको माध्यमबाट उद्यमशिलता

सहकारीको माध्यमबाट उद्यमशिलता

दाङ, २८ मंसिर । सहकारीको माध्यमबाट उद्याशिलताको विकास गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । घोराही उपमहानगरपालिका वडा नं १८ गिठेपानी फुर्सेखालीमा रहेका एकता महिला विकास बहुउदेश्य सकारी संस्थाको २४ औ साधारण सभाका वोक्ने बक्ताहरुले यस्तो बताएका हुन ।

सहकारीले सहकरी संस्थाहरु बचत ऋणको मात्र कारोवार नगरी आफना सदस्यहरुलाई उद्यमी वनाउन लाग्नु पर्ने बताएका थिए । आफना सदस्यहरु उद्यम बन्न सफल भएमा मात्र संस्थाहरु बलियो हुने उनीहरुको भनाइ रहेको थियो । उद्यमी बढदै गएमा देशमा उत्पादन बढ्दै जाने र देशलाई आत्मनिर्भर बन्न सक्ने सहभागिहरुको भनार्इ रहेको थियो ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका सहकारी रोजगार प्रवद्र्धन शाखा प्रमुख होमलाल भुसालले सहकारीहरु प्रवद्र्धनात्मक योजना निर्माण गरेर अगाडि बढनुपर्ने बताए । यसले सहकारीको विकासमा सहयोग पुग्ने उनको भनार्इ रहेको थियो । ‘‘सहकारीको माध्यमबाट उत्पादन तथा प्रवद्र्धनात्मक गरिनु पर्दछ’,प्रमुख भुसालले भने । सहकारीमा महिलाहरुको सहभागिता बढ्दै गएको भन्दै यसको सदुपयोग गरेर अगाडि बढन समेत उनले सुझाव दिए । अहिले गरेको बचत भविष्यमा सहयोग पुग्ने भएकाले वचतको महत्व वुझेर बचत गरिनु पर्ने उनले बताए ।

सहकारीबाट सदस्यहरुले लैजाने ऋणको सदुपयोग भए नभएको बारेमा सहकारीले विशेष ध्यान दिन समेत उनले आग्रह गरे । ‘एक प्रयोजनका लागि लगेको रकम आर्को प्रयोजनमा प्रयोग गर्दा समस्या हुन सक्छ’ उनले भने । कार्यक्रममा राष्ट्रिय संहकारी बैकका शाखा प्रमुख डिल्लीराज दाहाल, पत्रकार गोविन्द खड्का, सहकारी संस्थाका सल्लाहाकारहरु यसोदा पाण्डे, पार्वती अधिकारी, कालिका सामुदायिक वन उपभोक्ता समुहका केशर रावत लगाएतकाले भनाइ राखेका थिए ।

कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन तथा आगामी वर्षका कार्य योजनाका वारेमा अध्यक्ष रेवा अधिकारीले जानकारी गराएकी थिइन् । आर्थिक प्रतिवेदन सह व्यवस्थापक ललिता पोख्रेल, लेखा समितिको प्रतिवेदन लेखा समितिका संयोजक सरिता पोख्रेलले प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा सहकारीलाइ विभिन्न माध्यम बाट सहयोग पु¥याउने सदस्यलाई सम्म्ँन गरिएको थियो । सो अवसरमा खिमादेवी पुन, चन्द्रकली घर्ति, केशरा वि कलाई नगद तथा दोसल्लाले सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष रेवा अधिकारीको अध्यक्षतामा भएको थियो । संस्थाका उपाध्यक्ष चुनकुमारी विष्टको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका व्यवस्थापक नर्मदा शर्माले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*